काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख (शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुने जनाएको छ ।