काठमाडौँ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका छन्।
गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तामा रहेका कांग्रेस र एमालेबीच विवाद भइरहँदा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका हुन्।
आइतबार साँझ मात्रै ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। तत्कालको चासो बनेको संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सम्बन्ध आयोगको पदाधिकारी नियुक्तिको विषय भनिए पनि भेटलाई वैकल्पिक सरकार गठनको प्रयासका रुपमा लिइएको छ।
सिंहदरबारमा भएको भेटमा ओलीले दाहाललाई महत्व दिएको देखिन्छ। उनी प्रधानमन्त्रीको कुर्सी छाडेर दाहालसँग तल बसेका छन्।

त्यस्तै ओलीले माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि संवाद अघि बढाएका छन्।ओलीलाई ज्ञापनपत्र बुझाउन माधब नेपाल बालुवाटार नै पुगेपछि दुई पार्टीबीचको तिक्तता घटेको छ भने भित्रभित्रै संवादको थालनीसमेत भइरहेको दाबी गरिएको छ ।
