काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका रोहित कपाली विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा कुल १,७७४ मत खसेको थियो । रोहित फराकिलो मतान्तरले विजयी भएका हुन् ।
चैत ५ गते भएको स्ववियु निर्वाचनमा ८५ मत खसेपछि नेविसंघले मतपेटिका फुटाएका कारण मतदान स्थगित भएको थियो । यहाँ कुल ७,४९४ मतदाता रहेका छन् ।
यसबीचमा दोस्रो पटक मतदानको मिति तोकिए पनि विद्यार्थी संगठनहरुको विवादका कारण निर्वाचन नभएपछि अनेरास्ववियुका उम्मेदवारले उच्च अदालतमा रिट हालेर अन्तरिम आदेश ल्याएका कारण शनिबार मतदान भएको हो ।