काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएका हुन्।
शिक्षक आन्दोलनका विषयमा विभागीय मन्त्रालयले केही दिनदेखि गरेको वार्ताका विषयमा ठोस निर्णय गर्ने गरी बैठक बस्न लागेको आंकलन गरिएको छ।
सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र केहीमा केही माग संसदबाट टुङ्गाउनुपर्ने भएकोले पहिले मन्त्रिपरिषद्बाट टुङ्गाउनुपर्ने विषयहरु टुंगेमा परीक्षा सञ्चालनसहितका विषयमा सकारात्मक भएको प्रष्ट पारेको छ।