कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुमा गरिएको अनुसन्धानले शरीरमा जिंकको अभाव देखाएको छ ।
स्पेनको बार्सिलोनास्थित रहेको टर्शियरी युनिभर्सिटी अस्पतालमा गरिएको अनुसन्धनले बिरामीहरुमा जिंकको मात्रामा कमी भएको र उनीहरुको शरीरमा भएको इन्टरल्युकिन प्रोटिनको मात्रा बढेको बताएका छन् ।
यही प्रोटिनले नै शरीरको प्रतिरक्षात्मक क्षमतामा कमी ल्याउने र रोगलाई बढाउने काम गर्ने उनीहरुले बताएका छन् । जिंकको कमीले शरीरमा भएका रोगहरुलाई बढाउने र यसैले मानिसलाई मुत्युको मुखसम्म पुर्याउने स्पेनका वैज्ञानिकहरूको दावी गरेका छन् ।
गम्भीर बिरामीहरुमा अनुसन्धान
युनिभर्सिटी यो अनुसन्धान १५ मार्चदेखि ३० अप्रिलसम्म गरेको थियो । अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा त्यस्ता कोरोनाका बिरामीहरुलाई समावेश गरेको थियो जसको अवस्था एकदम नाजुक थियो ।
त्यस्तै अनुसन्धानमा बिरामीहरुको पहिलाको स्वास्थ्य अवस्था, स्थान तथा शरीरमा भएका हार्मोनहरुको पनि अनुसन्धान गरिएको थियो ।
कोरोना बिरामीलाई जिंक आवश्यक
टर्शियरी युनिभर्सिटी अनुसार कोरोनाका भाइरसका बिरामीहरूमा जसको उच्च मात्राको जिंक थियो, उनीहरुमा इन्टरल्युकिन ६ प्रोटिनको मात्रा कम थियो । त्यस्तै जसको प्रोटिनको स्तर कम थियो, उनीहरुको शरीरको जिंकको मात्रा भने धेरै थियो । शरीरमा इन्टरल्युकिन–६ प्रोटिनको मात्रा बढी भयो भने मानिसको प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई अनियन्त्रित बनाउँदछ ।
मेडिकलको भाषामा यसलाई साइटोकाइन स्र्टोम भनिन्छ । यदि शरीरमा प्लाज्मा जिंकको स्तर ५० एमसीजी डिएलअन भन्दा तल झर्यो भने कोरोना संक्रमित मानिसको मृत्युको जोखिम २.३ गुणा हुन्छ । हाम्रो शरीरलाई सामान्यतया हरेक दिन ४० एमजी जिंकको आवश्यकता पर्दछ ।
प्रशस्त जिंक पाइने खानेकुरा
१.तरबुजाको दाना
यसमा जिंक र पोटासियम पर्याप्त मात्रामा हुन्छ । तरबुजाको दानालाई सुकाएर, पिसेर खानामा मिसाएर खाँदा शरीरमा जिंकको मात्रा बढाउँछ । यो बाहेक दैनिक फलफूलहरु सेवनबाट पनि जिंकको मात्रा बढाउन सकिन्छ ।
२.माछा
माछामा पनि जिंक र प्रोटिनको मात्रा अत्याधिक पाइन्छ । माछामा धेरै पौष्टिक तत्वहरू पाइन्छ । यसलाई हप्तामा दुईपटक खान सकिन्छ । यसले पनि मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।
३.अण्डा
एउटा अण्डामा ५ प्रतिशत जिंक हुन्छ । विज्ञहरुका अनुसार प्रत्येक दिने अण्डा खाँदा राम्रो हुन्छ । यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्नका साथै बिग्रिएको मांसपेशीहरूको पनि मर्मत गर्न सघाउँछ ।
४.डेरीका उत्पादन
यदि तपाईं ननभेज खान मन पराउनुहुन्न भने तपाईंले खानामा दुग्ध उत्पादनको मात्रा बढाउन सक्नुहुन्छ । दूध, पनिर, दहीको सेवनले पनि शरीरमा जिंकको अभावको परिपूर्ति गर्छ ।
५. डार्क चकलेट
डार्क चकलेटले जिंकको अभाव मात्र पूरा गर्दैन, यसले माहिलाहरुलाई मासिक श्रावको समयमा हुने पीडालाई पनि कम गर्दछ । यस्ता चकलेटले मेटाबोलिज्मलाई सुधार गर्ने र मानिसको मुडलाई खुशी बनाउने काम गर्दछ ।