शनिबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलाको मृत्यूको कारण कोभिड–१९ नै भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण नेपालमा पहिलो मृत्यू भएको पुटि गरेको हो।
मन्त्रालयले सिन्धुपाल्चोक बाह्रेबिसेकी सुत्केरी महिला (वर्ष–२९) को धुलीखेल अस्पतालमा कोरोनाकै कारण मृत्यू भएको स्पष्ट पारेको छ। उनको बैसाख २४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नर्मल डेलिभरी भएको थियो। त्यसको भोलीपल्ट उनको डिस्चार्ज भएको थियो।
डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर पुगेकी उनलाई स्वासप्रस्वासमा समस्या र ज्वरो आएपछि स्थानिय अस्पतालमा उपचार गराइएको थियो। उपचारको क्रममा उनको स्वास्थ्य अवस्था झन जटिल भएपछि उनलाई धुलीखेल अस्पताल ल्याउने क्रममा मृत्यू भएको हो।