अनलाइन खबर
काठमाण्डौ — यसका लागि नेपालको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले बिक्री गर्दै आएको टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाइमा परेको छ। टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो।
२०९ एमएम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ। एयरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन डिजेल र पेट्रोल इन्जिनमा गरी विभिन्न छ वटा भेरियन्टहरू उपलब्ध छ।
हालैमात्र नेपाल एसबीआई बैंक (काठमाडौं) र गोदावरी आइरन स्टोर (हेटौंडा) लाइ टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भईरहेको छ।