नवलपरासी– नवलपरासीको कावासोतीको तोरीबारीमा एक गैंडा मृत फेला परेको छ। आइतबार बिहान कावासोती–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा गैंडा मुत्यु अवस्थामा फेला परेकाे हाे।
घटनास्थलमा पुगेको प्रहरीले अहिले मृत गैंडालाई घेरा हालेर राखेको छ। गैंडाको मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको बताइएकाे छ।