काठमाडौं – सनफ्लो सनफ्लावर तेल खरिद गर्दा पाटनकी सुनिता लामाले हिराको हार पाएकी छिन्। “सनफ्लोमा पकाऔं मीठो परिकार,साथमा हिराको हार उपहार” योजना अन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत उनले हिराको नेकलेस पाएकी हुन्।
तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र अन्य उपहार विजेताहरुलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छिन्। पाल्पाका कमल नेपालले हिराको लकेट जितेका छन्। त्यसैगरी, राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप जितेका छन्।
के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ। यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ।
यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ। लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन्।