काठमाडौं– पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ।
गाउँपालिका –३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको हो।
सुनकोसी नदी किनारामा अवस्थित डब्खाको माझी बस्तीमा निर्माण गर्न लागिएको एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने अवधारणा अगाडि सारिएको गाउँपािलकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन्।