नवलपरासी – नगरपालिका वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’मा हिमालयन बैंक लिमिटेडले कावासोती शाखा मार्फत अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आश्रित वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो।
बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि) बैंकले प्रदान गरेको छ।
देशका विभिन्न स्थानका अनाथ र शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई संस्थाले आश्रय दिइरहेको छ।
यस बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेको जानकारी दिएका छन्।