काठमाडौं– सेञ्चुरी बैंकले ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता को शुभारम्भ गरेको छ। खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ।
१० लाखसम्मको प्राणघातक रोग र दिर्घकालीन अशक्तताको बिमा आइएमई इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ। खातावालाहरुले नेपालका अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन। यसका साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा विशेष छुट सुविधा दिइनेछ।
उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा गरेका थिए। यो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती पनि रहेको थियाे।