एजेन्सी–एउटा अनौठो अनुसन्धानका लागि सार्वजानिक भवन – बैंक, थिएटर, होटल, पुलिसथाना, पोस्ट अफिस, अदालत लगायत भारतका आठ शहरहरुमा ४०० वटा “वालेट” अर्थात पैसा राखिने पर्स खसालिएको थियो। तीमध्ये कति वालेटमा पैसा थिएनन् भने कतिमा चाहिँ २३० भारु क्यास थियो तर सबैमा त्यसका मालिकको नामको बिजनेस कार्ड, घरका सरसामानहरुको लिस्ट र केहीमा चाबी पनि राखिएको थियो। यसपछि अनुसन्धान टोली इमान्दारीता परीक्षण गर्न भवनका सुरक्षाकर्मीहरुको जवाफको पर्खाइमा थिए जसले सो अनुसन्धानमा सघाएका हुन्।
यस्तोमा आश्चर्यजनक रुपमा पैसा भएका ४३ प्रतिशत वालेटबारे खबर गरिएको थियो तर पैसा नभएका चाहिँ २२ प्रतिशत वालेट मात्र फर्काइएको हो । यस उत्साहजनक अनुसन्धानको नतिजा केही समय अगाडि मात्र साइन्समा प्रकाशित गरिएको हो जसले मानिसहरु हामीले साचे भन्दा धेरै इमान्दार हुने गरेको साबित गरेको छ । युनिभर्सिटी अफ मिचिगेनका व्यवहारिक अर्थशास्त्री एवम् अध्ययनका प्रमुख एलेन कोह्न भन्छन्, ‘हामीले त्यस्तो नतिजाको अपेक्षा गरेकै थिएनौँ।”
उनका अनुसार कसैले बेइमानीपूर्ण व्यवहारबाट भारी नाफा कमाउँछ भने ती व्यक्तिहरुमा छल गर्ने चाहाना बढ्छ तर त्यसो गर्दैगर्दा उनीहरुले मानसिक रुपमा आफूलाई चोरका रुपमा देख्छन् र आफूलाई चोर मान्न धेरैलाई गाह्रो हुन्छ । यस्तोमा मान्छेको छल गर्ने चाहाना चोर भइने डरका कारण प्रायः दब्ने गर्दछ। यसमा भने पुरुषको तुलनामा महिलाहरुल बढी वालेट फर्काएको पाइएको हो – पैसा भएको र नभएको दुवै । स्वार्थीपना र इमानदारीताबारे जाँच गर्न यो अनुसन्धान एउटा ठूलो ग्लोबल स्टडी अन्र्तर्गत सञ्चालन गरिएको हो।
यही क्रममा २०१३ देखि १६ का बीच अनुसन्धानका सहभागीहरुले ४० देशका ३५५ शहरहरुमा कुल १७ हजार वालेट खसालेका थिए। जसमध्ये कतिपयमा १३ डलर सम्म राखिएको थियो। देशको उपभोग क्षमताका हिसाबले वालेटमा पैसाको दर कायम गरिएको हो र देशका सर्वाधिक ठूला ५ देखि आठवटा शहरलाई लक्षित गरिएको थियो।
यस्तोमा अनुसन्धानकर्ताहरुले ४० मध्ये ३८ देशका मानिसहरुले पैसा भएको वालेट फिर्ता गर्ने सम्भावना बढी रहेको पत्ता लगाएको हो। यसमा दुई अपवादहरु पेरु र मेक्सिको रहेका थिए। त्यसैगरी वालेटको पैसा सात गुणाले बढाउँदा फिर्ता गर्ने औसत दर १८ प्रतिशतले माथि पुगेको पनि पाइएको हो।
यसरी पैसा भएको वालेट सबैभन्दा धेरै रिपोर्ट गर्ने देशमा डेनमार्क, ८२ प्रतिशत र सबैभन्दा कम पेरु १३ प्रतिशत रहेको थियो। यता पैसा नभएको वालेट फर्काउनमा चाहिँ स्वीट्जरल्यान्ड, ७३ प्रतिशतले सबैभन्दा माथि छ भने चीन ७ प्रतिशतले सबैभन्दा तल रहेको छ।
यस अनुसन्धानका लागि १५ देशका १५,०० सहभागीहरु थिए जसमा बेलायती अध्ययनकर्ताहरुले भारत सहित चीन, जापान र दक्षिण कोरिया सबैभन्दा कम इमान्दार देश भएको बताएका हुन्। यता छुट्टै ट्रान्पेरेन्सी इन्टरनेस्नलको २०१८ को भ्रष्टाचार रिपोर्टमा भारत ७८ औँ स्थानमा परेको थियो जसमा वालेट सम्बन्धी यो अनुसन्धान भ्रष्टाचारको रिपोर्टसँग धेरै मिल्दोजुल्दो पाइएको युनिभर्सिटी अफ जुरिकका प्रमुख लेखक क्रिस्टियन लुकस जन्ड बताउँछन्।
यो अनुसन्धानका आफ्नै अनौठा पक्ष भएको उनी बताउँछन्, जस्तै भारतमा एक भवनका सुरक्षाकर्मीले त्यहाँ प्रवेश गर्नका लागि अनुसन्धानकर्तासँग घुस मागेका थिए र पछि उनले वालेटबारे कुनै खबर नगरेको पाइएको हो। त्यस्तै अर्को ठाउँमा चाहिँ वालेट फर्काउने मान्छेले त्यसको मालिकको पत्ता नलागे पैसा च्यारिटीमा दान गरिदिने बताएका थिए।
यसरी पैसासँग सम्बन्धित कुरामा जोकोही पनि धेरै इमान्दार रहने गरेको विश्वभर देखियो। उसो भए यो अनुसन्धानले मान्छेको व्यवहार र इमान्दारीताबारे के निष्कर्ष निकालेको छ त रु वास्तवमा यसले मान्छेहरुले अपरिचित व्यक्ति भएपनि अरुको ख्याल गर्ने गरेको पत्ता लागेको छ। त्यसैले पनि धेरै हराएका वालेट फर्काइएको थियो जस्तै की चाबी भएका वालेट बढी फिर्ता गरिएको हो। त्यस्तै नफर्काउनेहरुका बारेमा चाहिँ उनीहरु व्यस्त भएको वा बिर्सिएको पनि हुन सक्ने बताइएको छ। रिपोर्टका अनुसार मान्छेले आफूलाई चोर देख्नुको छुट्टै मनोवैज्ञानिक मूल्य चुकाउनुपर्छ। डाक्टर जुन्ड भन्छन्, ‘पैसा नभएको वालेटले हामीलाई बेइमान महसुस गराउँदैन किनकी त्यसबाट हामीले केही पनि प्राप्त गरेनौँ तर त्यसमा पैसा छ भने चाहिँ त्यो वालेट आफूसँग राख्न कठिन हुन्छ जसले हामीलाई आफैँमा अनैतिक व्यक्ति बनाइदिन्छ। ” बीबीसी