नेकपा एमाले इतिहासकै सबैभन्दा मुश्किल अवस्थामा छ। सरकारमा पनि एमाले अनि सरकारको बिरोधमा पनि एमाले, बढो अद्भुत दृष्य देखिएको छ अहिले नेपालमा। पहिला नेकपा हुँदा माधव - प्रचण्ड मिलेर सरकारको चर्को विरोध गरे, नेकपा खारेज भएपछी माधवलगायतकाहरुले गरिरहेका छन्। प्रमुख प्रतिपक्षीलाई दललाई चाँही हाईसञ्चो छ, सत्ताधारी पार्टीकै वरिष्ठ कहलिएकाहरुले गरिदिएका छन्।
एमाले पार्टीभित्रको बिवाद पनि बढो अचम्मको छ। न फुट्न सक्ने, न जुट्न सक्ने। जुट्ला–जुट्ला जस्तो भइसकेको थियो एकताका। तर, फ्याट्ट आफ्नै पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित गराउन माधव समुह कम्मर कसेर अघि बढ्यो। त्यतिले मात्र पुगेन भनेर, आफ्नै अध्यक्षको नेतृत्वमा रहेको सरकार ढलाएर विपक्षी पार्टीका सभापतीलाई प्रधानमन्त्री बनाउन एक हुल सांसद बोकेर राष्ट्रपतीकहाँ पुगे।
अध्यक्ष ओलीले स्पष्टीकरण सोधे माधव समुहलाई, जवाफ आएन्। उल्टो काँग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमनत्री बनाईदिनुपर्यो भन्दै विपक्षी गठबन्धनको साथ लागेर। पार्टी एकताको आधार बनाइरहेको कार्यदल निकम्मा बन्यो। तै पनि कार्यदलका दुबैतिरका सदस्य र कार्यदलमा नरहेका केहि नेताहरु भने एकता जोगाउन सकिन्छ की भनेर प्रयासरत नै थिए। त्यो प्रयास पनि निरर्थक नै बन्यो।
नेकपा एमालेलाई एककृत रहन नदिन धेरैले प्रयास गरिरहेका छन्, पार्टी भित्र र बाहिरका शक्तिहरुले। माधव समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत पार्टी एकतालाई जोगाउन चाहन्छन्। तर, केहि यस्ता नेताहरु छन्, जो नेकपाको एकता कदापी चाहदैनन्।
१. माधव कुमार नेपाल
यीनले पार्टीको नेतृत्व लामो समय सम्हाले। प्रधानमन्त्री पनि भए। तर, पार्टीभित्र पछिल्लो समय माधव कुमार नेपाल पार्टीभित्र निकै कमजोर भइसकेका थिए। माओवादीसँग पार्टी एकिकरण भएपछी त झन्, यीनी प्रचण्डसमेतको छायाँमा परे। हुन त, पछिल्लो समय माधव नेपाल प्रचण्डको खास थिए। यी दुई मिलेर नै सरकारको खोइरो खन्ने कामको थालनी गरेका थिए।
पछी सर्वोच्चले नेकपाको औचित्य समाप्त पारिदिएपछी प्रचण्डसँग औपचारिक सम्बन्ध सकियो। तर, अनौपचारिक रुपमा भने यीनी प्रचण्डकै गोटी बनिरहे। भनिन्छ, प्रचण्डले माधवको सहारा लिएर एमालेविरुद्द गोटी चालिरहेका छन्। जे होस, एमाले एकिकरणको सबैभन्दा ठु्लो बाधक माधव कुमार नेपाल नै हुन्। पार्टीभित्र गुमेको साख फिर्ता ल्याएर शक्तिशाली बन्ने लोभमा उनले पार्टीलाई दुई चिरा बनाईदिएका छन्।
जेठ २ अघिको अवस्थामा फर्किनुपर्ने कुरालाई एकमात्र बटमलाईन बनाएर बसेका माधव अहिले अध्यक्ष ओली त्यसको लागि तयार भएपछी भने आफ्नो बोलिबाट पछी हटेका छन्। उनीहरुको अडान मान्न ओली तयार भएपछी उनले त्यसलाई ओलीको कुटिल चाल भन्न थालेका छन्। अर्थात, माधव कुमार नेपाल पार्टी एकता चाहँदैनन् भन्ने स्पष्ट हुन्छ।
२. भिम रावल
हुन् त निकै बौद्धिक नेता भने चिनिन्छन् यीनी। तर, बेला–बेलामा बुद्धिहिन अभिव्यक्ति दिएर बिवादको शिखर शयर गर्न निस्किन्छन्। नेकपा एमालेको एकता खल्बलिनुको एउटा कारण यिनको ‘छुच्छो बोली’ पनि हो भनिन्छ। उग्र स्वभावका रावल पार्टीभित्रका बिद्रोही हुन्। नेतृत्वको खोइरो खन्न यीनलाई खुब मज्जा आउँछ।
नेकपा एमालेमा बिवाद देखिएपछी त झन् यीनको उग्रता सातौँ आकाशमा नै पुगेको छ। ओली समुहप्रति देखिने यीनको आक्रामक शैलीले गर्दा पनि धेरै कुरा बिग्रीएको छ, एकताको आधार भत्किएको छ। एमालेभित्रको बिवाद मिलाउन गठित कार्यदलमा माधव समुहको नेतृत्व यीनकै हातमा थियो। तर, यीनले पार्टी जोगाउन भन्दा पनि फुटाउन बल पुग्ने गतिविधी मात्र गरिरहे।
३. रामकुमारी झाक्री
हुन त यीनले चाहेर वा नचाहेर केहि हुनेवाला चाँहि होइन। तर, पनि नेकपा एमालेको एकता नजोगियोस भन्ने चाहना सधै रहिरहन्छ। सरकारविरोधी कार्यक्रममा विपक्षी दलका नेताहरुले भन्दा चर्को बोल्ने झाक्रीको छवि बिवादीत छ। उट्पट्याङले भरिएका वक्तव्यबाजी गरेर आफैँलाई निकै पटक समस्यामा पारिसकीन् यीनले।
राष्ट्रपतीको बिरुद्दमा समेत अपाच्य र महिलाबिरोधी अभिव्यक्ति दिन पछी नहट्ने झाक्रीको झुकाव आफ्नो पार्टीभन्दा धेरै माओवादीका प्रचण्डतिर देखिन्छ। अहिले अध्यक्ष ओलीले एकतालाई बल पुग्ने निर्णय गर्न आफुँ तयार रहेको बताइरहँदा झाक्रिले दिएको अभिव्यक्तिले पुष्टि हुन्छ की, यीनी पनि एमाले एकढीक्का नरहोस भन्ने नै चाहन्छिन्।