काठमाडौं– हरेक वर्ष घटस्थापना अगावैदेखि राजधानीका बसपार्क तथा काठमाडौं बाहिरिने चोक र नाकाहरु कलंकी, बालाजु बसपार्क, कोटेश्वरतिर घुइँचो र बस चढ्नेको घम्साघम्सी हुने गर्थ्यो ।
दशैंमा घर जान टिकट बुकिङ खुला भएकै समयबाटै यात्रु घर जान थाल्थे । घटस्थापनाको दिनदेखि काठमाडौं छाडेर घर जानेहरुको लर्को थामिसाध्धे हुँदैनथ्यो । यसरी दशैंमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक अघिल्लो वर्षसम्म थियो ।
यो वर्ष भने बसपार्क, कलंकीमा चहलपहल उतिसारो छैन । अछिलो वर्ष यही समयमा करिब २० लाख तथ्यांकको अगाडि यसवर्ष कोभिड १९ को प्रकोपले दशैंमा घर जाने यात्रुहरु निकै कम छन् ।
- घर, परिवार र बैकको ऋणको पिरले उनीसँग माइक्रो बस बेचेर ऋण तिर्ने र वैदेशिक रोजगारमा जानुको विकल्प नरहेको दुखेसो गर्छन् । तर फेरि आफैं सुनाउँछन्, ‘विदेश गएकाहरु त काम नपाएर फर्किरहेछन्, त्यहाँ गएर नि के होला र ?’
कति त महामारी सुरु भएपछि घर गएकाहरु काठमाडौं फर्केका नै छैनन्, त्यसैले पनि यात्रुहरुको संख्या न्यून छ । बसपार्कमा अरुबेला चाडपर्व नहुँदाको समयमा पनि चहलपहल र घुइँचो हुन्थ्यो । अहिले सामान्य अवस्थाको सामान्य दिनहरुमाजस्तो पनि छैन । बसपार्कको इतिहासमा यो पहिलो वर्ष हो, जहिले बसपार्कले घुइँचो बेहोरेको छैन ।
बसपार्कमा टिकट काउन्टर २१ मा कार्यरत कर्मचारी भन्छन्, ‘पहिलेको दशैंमा दिनको १२ सय भन्दा बढी टिकट काट्थें, अहिले एक सय पनि मुस्किलले हुन्छ । धेरैले टिकट बुकिङ पनि गरेका छैनन्, अब पनि गर्दैनन् होला ।’
दशैमा घर जान टिकट नपाउने, टिकट बुकिङ गर्न आउँदा लामो लाइन र १०÷१२ दिनपछिको मात्रै टिकट पाउँथे भने अहिले बसपार्कको लाइन नै नबसी टिकट पाए हुम्लाका हरि रोकायाले ।
उनी सुनाउँछन्, ‘पहिले त काँ यसरी पाउनु, उ त्याँबाट लाइन, धकेलाधकेल, काउण्टर छेउ पुगेपछि नि भनेको दिनको टिकट पाउदैनथ्यो । यसपाली सजिलै पाएँ । जे गर्नु कोरोनाले गरे ।’ तर उनले सरकारले तोकेको ५० प्रतिशत मात्र नभई दोबर बढी भाडा तिर्नुपर्यो ।
विगत १५ वर्षदेखि काठमाडौं पोखरा, वालिङ माइक्रो बस चलाउने ३८ वर्षीय नविन लामा भन्छन्, ‘लकडाउनमा छ महिनासम्म थन्काएर राखेको गाडी दशैमा पनि खाली छ । पहिले १९ जना भन्दा बढी यात्रु बोकेर हिँडने गाडीमा अहिले ८ जना यात्रु चढाउनलाई ३÷४ घण्टा कुर्नपर्छ ।’
घर, परिवार र बैकको ऋणको पिरले उनीसँग माइक्रो बस बेचेर ऋण तिर्ने र वैदेशिक रोजगारमा जानुको विकल्प नरहेको दुखेसो गर्छन् । तर फेरि आफैं सुनाउँछन्, ‘विदेश गएकाहरु त काम नपाएर फर्किरहेछन्, त्यहाँ गएर नि के होला र ?’
बसपार्क तथा कलंकी क्षेत्रमा घर जान हिँडेका केही यात्रुहरु र यात्रु कुरेर बसेका बसहरुलाई हामीले फोटोमा उतारेका छौं । एकैछिन बसपार्कतिर यी प्रसंग र पात्रहरुलाई हेरौं ।
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-1.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-2.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-3.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-5.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-6.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-7.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-8.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-9.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-10.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-11.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-12.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/passenger%20in%20dhasin/Dashain-effect-from-covid-buspark-photo-story-13.jpg)