काठमाडौ–बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन्। यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ।
फरहान अख्तरको समेत मुख्य अभिनय रहेको ‘द स्काई इज पिंक’ शुक्रवारबाट प्रदर्शनमा आएको हो।
सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे ४ करोडको व्यापार गरेको छ। भारतीय फिल्म बजारमा प्रियंका र फरहानको अनस्क्रिन टिमअपमा अएलेखित व्यापार आँकडा निकै कम मानिएको छ।
सोनाली बोसको निर्देशन रहेको फिल्ममा जायरा बसिम, रोहित सर्राफलगायतको मुख्य अभिनय रहेको छ। फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीवनकथामा आधारित छ।