काठमाण्डौ– बक्स अफिसमा चलचित्र ‘लुकाछिपी’ हिट भएपछि नायिका कृती सेननको माग खुबै बढेको छ। स्टाइलिस्ट सुन्दरीको नयाँ चलचित्र ‘हाउसफुल ४’ तिहारमा रिलिज हुँदैछ। यो चलचित्रमा उनी नायक अक्षय कुमारको जोडी बनेर देखिदैछिन्।
भारतीय मिडियाका अनुसार कृतीले अक्षयसँग फेरि काम गर्ने पक्का भएको छ। नायक अक्षय कुमार चलचित्र ‘बच्चन पाण्डे’को छायांकन केही दिनमै सुरु गर्दैछन्। यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ।
यो चलचित्रको फस्टलुक पनि रिलिज भैसकेको छ। चलचित्रको फस्टलुकमा नायक अक्षय कुमारलाई मात्र स्थान दिइएको थियो। चलचित्रमा नायिका को हुने भन्ने चर्चा भने चलिरहेको छ। यसैविच, यसको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले लेखेका छ।
एउटा हिट तामिल चलचित्रको रिमेकको रुपमा बन्न लागेको ‘बच्चन पाण्डे’मा कृती र अक्षयको जोडी कस्तो देखिने हो, दर्शकका लागि यसको प्रतिक्षा पक्कै पनि हुनेछ।