काठमाडौ– नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ। बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ।
यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ।