काठमान्डौं – केही समय पहिले एक महिलाले ५–६ सन्तान जन्माउने गर्दथे। यसरी धेरै बच्चाहरु जन्माउँदा आमा र बच्चाको दुवैको स्वास्थमा नराम्रो असर पर्ने भएकाले धेरै सन्तान उत्पादनमा नियन्त्रण गर्न सल्लाह सुझाव दिन थालियो।
जसका कारण आज एउटा परिवारमा एउटामात्र बच्चा जन्माउने चलन चलेकोछ। यसले आमा–बुवा दुवैलाई बच्चाको लालन–पालन र आफूले गर्ने कर्तव्यमा सहज त हुन्छ नै, तर एउटा मात्र बच्चा जन्माउनाका फाइदासँगै बेफाइदाहरु पनि छन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ।
जुन आमा–बुबाका एउटा मात्र सन्तान हुन्छन्, उनीहरुले सधैं सावधान भैरहन आवश्यक छ। परिवारमा एउटा मात्र बच्चा हुन्छ, धेरै माया र खानपानका कारण सानो उमेरमा बढी वजनको समस्या हुने सम्भावना अन्य बच्चाको तुलनामा धेरै हुुन्छ। सानो परिवारको पारीवारिक संरचना र पारीवारिक वातावरणमा अन्तर हुन सक्छ। यूरोपमा दुईदेखि २० करोड बच्चा मोटोपनको शिकार भएका छन्।
इटाली, साइप्रस र स्पेनका बच्चामा मोटोपनको समस्या, यूरोपको उत्तरी देशहरुका तुलनामा तीन गुना बढीछ। यूरोपमा गरिएको एउटा अध्ययनका अनुसार जुन दम्पतिको एउटा मात्र बच्चा हुन्छ, त्यो बच्चामा मोटोपनाको समस्या हुने सम्भावना दुई अथवा दुई भन्दा बढी सन्तान हुने परिवारको तुलनामा धेरै हुन्छ।
लगभग ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ, भने एक तिहाइ बच्चामा किशोरावस्थासम्म पनि मोटोपना कायम नै रहन्छ।
स्कूले बच्चामा गरिएको एक सर्वेक्षण अनुसार हरेक १० जना बच्चाहरुमा १ जनामा मोटोपनाको समस्या देखिन्छ। तीव्र गतिमा परिवर्तन भएको जीवनशैली र खानपानका कारण यस्तो भएको हो।
रोग लाग्ने खतराः
लगभग ३५ प्रतिशत अभिभावकहरु आफ्नो बच्चालाई दिनहुँ करिब १०० रुपैयाँ क्यान्टिनमा खाजा खानको लागि दिने गर्छन् । जसमा ५१ प्रतिशत बच्चाहरुले ३० देखि ४० रुपैयाँ पास्ता वा नुडल्स खान खर्च गर्छन्। जंक फुड भनिने यस्ता खानाले बच्चालाई फाइदाभन्दा हानी र्पुयाइरहेको हुन्छ।
जुन बच्चामा मोटोपनछ, त्यो बच्चालाई मुटुसम्बन्धी रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढी हुने सोधकर्ताहरुको भनाइछ। मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र हृदयघात हुने खतरा बढी हुन्छ।
बच्चा मोटो छः
आफ्नो बच्चा जीवनभर स्वस्थ र निरोगी होस् भन्ने चाहाना सबैको हुन्छ। यदि तपाईंको बच्चा बाल्यावस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्नु पर्छ। यदि बच्चा मोटो छ भने उसलाई क्यान्सरको खतरा धेरै हुन्छ। वजन बढ्ने कारणले १० प्रकारका क्यान्सर हुने खतरा धेरै हुन्छ।
मेडिकल जर्नल लन्सेटमा प्रकाशित एक सर्वेक्षणअनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यस्तै पित्तासय, गुद्वार, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यत्तिकै हुन्छ।धेरै वजन हुनाले कलेजो, मलासय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा हुन्छ, लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रिपकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्यधिक रोगहरुको कारण मोटोपना हो।
न्यूट्ीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन्। यो अध्ययनअनुसार जुन परिवारमा एउटा मात्र बच्चा हुन्छ, ऊ बाहिर खेल्न जान मन गर्दैन। ऊ घरको चार कुनामा रमाउने गर्छ अर्थात् एकलकाँटे हुन्छ।
शिक्षाको स्तरमा पनि कमी आउँछ। उसको अधिकांश समय बेडरुममा टीभी हेर्दै बित्छ। खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ। आमाबुबा पनि आफ्नो एक्लो बच्चालाई मोटोघाटो देखेर दंग पर्छन्, तर जब ऊ आवश्यकभन्दा बढी वजनले ग्रसित हुन थाल्छ त्यसपछि उनीहरुको चिन्ता बढ्न थाल्छ।
हाँसोको पात्रः
हिजोआज सामाजिक सन्जालमा मोटोपनाको अनेक किसिमका ट्रोलहरु बनाउने गरिन्छ। अहिले ब्लग, टिवटर, फेसबुक, युटुव, जस्ता सोसल साइटहरुमा बढी वजनको बारेमा अनेक चर्चाहरु हुन थालेकोछ। त्यस्ता चर्चाहरुको कारण बच्चाहरुमा हीनभावना उत्पन्न हुन्छ, जसका कारण उनीहरुमा तनाव बढ्न थाल्छ।
वैज्ञानिकहरुद्वारा गरिएको एउटा सर्वेक्षणअनुसार आमा–बुबाहरु आफ्नो बच्चाको मोटोपनप्रति त्यो समयमा मात्र सचेत हुन्छन्। जब बच्चाको वजन नियन्त्रण भन्दा बाहिर भैसकेको हुन्छ। उनीहरु त्यो समयमा मात्र आफ्नो बच्चाको बढी, वजनको बारेमा सोच्न थाल्छन्, जब बच्चाको वजन अत्याधिक बढी सकेको हुन्छ।
शारीरिक मेहनत आवश्यकः
बच्चा तन्दुरुस्त भएको राम्रो देखिन्छ। त्यसैले सानो उमेरबाट नै उनीहरुको वजनमा निगरानी राख्नु पर्छ। उनीहरु मोटोपनको शिकार नहुने किसिमको खानपान निर्धारण गर्नु पर्छ। बच्चा स्वस्थ विकासको लागि पोषक आहार त आवश्यक हुन्छ, तर ती आहारहरु सन्तुलित हुनु आवश्यक हुन्छ। आफ्नो बच्चाको फिटनेसमा ध्यान दिनुपर्छ। यदि तपाईंको बच्चा कटी वजनको छ भने डाक्टर कहाँ जानु पर्छ। डाइटिसियनसँग उसको खुराक निर्धारण गराउनु पर्छ। बच्चाको स्वास्थ्यको ध्यान राख्नु आमा–बुबाको जिम्मेवारी हो। सकेसम्म बच्चालाई आफूसँग राखेर खाना खान दिनु पर्छ। खानामा अन्न, फलफूल, तरकारीको मात्रा धेरै हुनु पर्छ।