प्रकृतिले किन फलफूलमा धेरैथरी रंग दिएका होलान् ? सुन्तला पहेंलो हुन्छ, स्याउ रातो । प्रकृतिले सागसब्जीमा किन अनेकथरी रंग दिएको होलान् ? कुनै हरियो हुन्छ, कुनै बैजनी । प्रकृतिले हाम्रो खानेकुरामा थरीथरीको रंग दिएकोछ। खास कुरात के भने प्रकृतिमा जसरी सात रंग हुन्छ, हामीले खाने फलफूल, सागसब्जी आदिमा पनि सात रंग हुन्छ। साथै यी सात रंग हुनुको खास अर्थछ, जस्तै–
पहेंलो र सुन्तला रंगः
हामीले खाने फलफूलहरु प्रायः पहेंलो तथा सुन्तले रंगमा उपलब्ध हुन्छन् । त्यस्ता फलफूल तथा सागसब्जीमा पाइने अल्फा केरोटिन, बीटा केरोटिन, भिटामिन सी, बायो फ्लेबोनाईड आदि तत्वले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछन्। यसले छालालाई स्वस्थ र जवान बनाइ राख्न सहयोग पुर्याउँछन् ।
यसका साथै ति तत्वले फोक्सोलाई बलियो मजबुत बनाउँछन्, भने मुटु सम्बन्धि रोगको सम्भावनालाई घटाउँछन्। तीनले रतन्धोमा समेत फाइदा पुर्याउने एउटा अध्ययनले देखाएको छ। पहेंलो तथा सुन्तला रंगका खाद्यपदार्थहरुमा सुन्तला, कागती, आँप, नासपाती, मेवा, गाँजर, पहेंलो टमाटर पहेंलो सिमला खुर्सानी, खरबुजा, मकै आदि पर्दछन् ।
हरियो रंगः
प्राचिन कालदेखि नै बोटबिरुवाको प्रयोग औषधीका रुपमा गरिंदै आएको पाइन्छ। बोटबिरुवाले हामीलाई स्वस्थ र मजबुत रहन सहयोग गर्छ । हरियो रंगका फलफूल तथा सागसब्जीमा पाइने सल्फोराफिन, इन्डोल, ल्यूटिन जस्तै न्युट्रिएन्ट्सले आँखाको ज्योती बढाउनेर,दाँत र हड्डी बलियो बनाउँछ। हरियो सागपात नियमित सेवन गर्नाले शरीरमा अत्यधिक मात्रामा भिटामिन ए, बी कम्प्लेक्स, साथै क्याल्सियमको कमी पनि पूरा हुने गर्दछ। हरियो सागपात, बन्दागोभी, बोडी, भटमास, ब्रोकाउली, हरियो प्याज, हरियो, नासपाती, हरियो अंगुर, हरियो स्याउ यो वर्गमा पर्दछन् ।
रातो रंगः
रातो रंगका फल तथा सब्जीमा लाइकोपेन र एन्थोसायनिन पाइन्छ। यी तत्वहरु स्मरणशक्ति बढाउन र क्यान्सरको सम्भावना कम गर्नमा फलदायी मानिन्छन् । यसका साथै यसबाट शरीरमा इनर्जीको स्तर पनि बढछ् ।जसबाट हामी दिनभरी स्फूर्तीका साथ रहन सक्छौं । रातो रंगको फल र सब्जी जस्तै टमाटर रातो अंगुर, गाँजर, स्ट्रबेरी, तरबुजा, रातो खुर्सानी, चेरी, स्याऊ, अनार खाद्य पदार्थ यो वर्गमा पर्दछ।
सेतो रंगः
सेतो रंगका फल र सागसब्जीमा पाइने एलीसीन, फ्लेबोनाइड आदि न्युट्रिएन्ट्सले कोलेस्ट्रोल लेभललाई कम गर्ने र मुटुलाई स्वस्थ राख्ने गर्दछ। क्यान्सर अथवा ट्युमर हुने सम्भावनालाई कम गर्ने गर्दछ सेतो रंगका खँद्य पदार्थहरुमा केरा, मुला, च्याउ, काउली, आलु, सेतो प्याज, लसुन आदि पर्दछन् ।
नीलो तथा बैजनी रंगः
नीलो तथा बैजनी रंगका फलफूल तथा सागसब्जीमा पाइने एन्थोसायनिनले छालालाई स्वस्थ र जवान बनाइ राख्छ्। यसले शरिरलाई समेत मजबुत बनाउने गर्दछ। भने क्यान्सर हुने सम्भावनालाई पनि कम गर्दछ। नीलो तथा पर्पल रंगका खाद्य पदार्थहरुमा आलुबखडा, पर्पल अंगुर, ब्ल्याक बेरी, ब्लू बेरी, पर्पल बन्दागोभी, भेन्टा आदि पर्दछन् ।