डेङ्गु ज्वरो लामखुट्टेको टोकाईबाट सर्ने भाइरस ज्वरो हो। यो अहिले उष्ण प्रादेशीय देशहरुमा ब्यापक रुपले फैलिरहेको छ। यो भाइरस संक्रमित एडेज लामखुट्टेको टोकाइबाट सर्छ।यदी तपाई डेङ्गुबाट संक्रमित हुनुभएको छ भने त्यसलाई सामान्य रुपमा नलिनुस्, यो एकदम खतरनाक हुनसक्छ। पोथि लामखुट्टेको टोकाइबाट मात्र यो भाइरस सर्छ।
वल्र्ड हेल्थ अर्गनाइजेसन २००९ ‘केश क्लासिफिकेसन’अनुसार, डेङ्गु भाइरस ३ प्रकारका हुन्छन्। यसमध्ये कुनैले लक्षण देखाउदैन भने कुनैले अगाडी नै देखाउछ र कुनै अत्यन्त कठोर खालको हुन्छ।यो ज्वरो अत्याधिक कष्टकर हुन्छ। डेङ्गुको संकेत थाहा पाउन अत्यन्त आवश्यक रहेको छ र रोक्नको लागि अगि बढ्नु जरुरी छ।डेङ्गु भाइरसको लक्षण भनेको अचानक ज्वरो आउनु हो र यो लगातार ३ देखी ७ दिनसम्म आउछ साथै बेस्सरी टाउको दुख्ने, आखाँ दुख्ने, मांंसपेशी दुख्ने, जोर्नी दुख्ने, थकाइ लाग्ने, वाकवाक लाग्ने छालामा फोका देखिने, घाउबाट रगत आउने जस्ता लक्षण देखिन्छ।
अहिलेसम्म डेङ्गुको औषधी बनेको छैन्। तर टन्न पानी पिउनु र आराम गर्न डेङ्गुको बिरामीको लागि अति आवश्यक रहेको छ।प्रसारण डेङ्गु सामान्यता एडेस लामखुट्टेको टोकाइबाट सर्छ। यो तेही लामखुट्टे हो जस्ले चिकुनगुन्या फैलाउछ। लामखुट्टेले कुनै डेङ्गु लागेको मान्छेलाई टोक्यो भने यो भाइरस लामखुट्टेलाई सर्छ।डेङ्गु भाइरस लामखुट्टेको शरीरमा फैलिन १ वा २ हप्ता लाग्छ। यो भाइरस मान्छे मान्छे बाट सर्दैन।उपचार डेङ्गुको कुनै खास औषधी वा भ्याक्सिन छैन्
। यदी डेङ्गुको बिरामीले कुनै अर्को रोगको औषधी खानु पर्दा हेल्थकियर स्पिेसिलिस्टसंग सल्लाह लिनुपर्छ। एसपिरिनजस्ता रगत पातलो बनाउने खालका औषधी प्रयोग गर्नु हुदैन्।डिहाइड्रेशनलाइ रोक्न धेरै मात्रामा पानी पिउनुपर्छ। साथै पेनकिलर खाएर आराम गर्नुपर्छ। सबैभन्दा महत्वपुर्ण कुरा भनेको यो रोगबाट बँच्न लामखुट्टेको टोकाईबाट जोगिनुपर्छ।
उष्ण प्रदेशमा बस्दा वा घुम्दा डेङ्गु भाइरस संक्रमणको खतरा धेरै हुन्छ। पहिला पनि डेङ्गु लागिसकेको मानिसमा फेरी कठोर खालको डेङ्गुको लक्षण देखा पर्ने सम्भावना बढी हुन्छ।
संकलन
यदी कुनै पनि डेङ्गुलाइ रोक्ने र नियन्त्रण गर्ने कदम चलाइएन भने यो हाम्रो जीवनको लागि एकदमै खतरा हुन सक्छ। १० बर्ष भन्दा मुनिका बच्चाहरु धेरै डेङ्गुले संक्रमित भएका छन्।
कठोर डेङ्गुले मुटु, मृगौला, फोक्सो, रक्तबाहिनी बिग्रान सक्छ र रक्तचाप पनि घटाउछ। कहिलेकाहीँ धेरै नै पनि रक्तचाप घटाउन सक्छ। जसले गर्दा रोगीको ज्यानै जान सक्ने खतरा समेत हुन्छ।
डेङ्गुको कुनै पनि खास औषधी उपचार र भ्याक्सिन नभएको कारण संक्रमित लामखुट्टेको टोकाइबाट जोगिनु नै उत्तम उपाय हो।
तपाई कुनै खतराजनक क्षेत्रमा घुम्दै वा बस्दै हुनुहुन्छ भने लामखुट्टेको टोकाइबाट जोगिन केही तरिकाहरु अपनाउनुपर्छ।
डेङ्गुविरुद्ध केही कदमहरु चाल्नु पर्छ, यहाँ हामीले ५ वोटा तरिकाको बारेमा छलफल गरेका छौ।
घर वरिपरि सफा राख्ने सामान्यतया लामखुट्टेका प्रजातीहरु फोहोर पानी, अध्यारो ठाउँ, बन्द कोठा र कुना काप्चामा पाइन्छ। एडेस लामखुट्टेको फूल सुख्खा मौसममा हुन्छ त्यसैले फोहोर पानी जम्न नदिनमा ध्यान दिनाले एडेस लामखुट्टेको प्रजातीलाई रोक्न सकिन्छ।
त्यस्तै अरु पनि उपायहरु छन् जस्तै, पानीको भाडाहरुको बिर्काे राम्रोसँग लगाउने, गमलाको पानी फेरीरहने, नलहरु सफा गर्ने अथवा किटनाशक छर्किने। पानी जम्न नदिन बाल्टीनहरुलाई घोप्टाएर ब्यवस्थित रुपमा राख्ने। साथै पानीको नल बन्द हुनु हुदैन्।
सुरक्षीत कपडा लगाउने चौरतिर जाँदा पुरै शरिर ढाक्ने कपडा लगाउनुपर्छ। जस्तै, पुरा बाहुला भएको लुगा, लामो प्यान्ट वा सुरुवाल, जुत्ता। अध्यारो रगंको कपडाको तुलनामा उज्यालो रंगको कपडामा लामखुट्टे कम आकर्षित हुन्छन्।
बजारमा ओडोमोसजस्ता धेरै उत्पादन आएका छन्। नढाकिने अङ्गमा यस्ता क्रिमको प्रयोग गर्न सकिन्छ। जुन लामखुट्टेको सेन्समा मिसिदा मान्छे देख्न सक्दैन्।
परफूयुम प्रयोग गर्नु हुदैन भने शरिरमा पसिना आउन नदिई ताजा राख्नुपर्छ। पसिना र परफ्युमले लामखुट्टेलाई परागकणले मौरीलाई आकर्षण गरेजस्तै आकर्षण गर्छ।
घरभित्र रहदा ध्यान दिनुपर्ने कुरा एडेस लामखुट्टेले दिउँसोको समयमा टोक्छ। त्यसैले सकेसम्म घरभित्र नै बस्ने गर्नुपर्छ। लामखुट्टेलाई प्रायः अध्यारो र फोहोर ठाउँ मनपर्छ त्यसैले आफ्नो कोठामा घाम र हावा छिर्न दिनुपर्छ।
झुल लाएर सुत्दा पनि हुन्छ। विहान र साँझको समयमा बाहिर ननिस्कने। कसैलाई झ्याल ढोका थुनेर बस्न मन लाग्दैन त्यस्तो अवस्थामा जाली झ्यालको प्रयोग गर्नुपर्छ।
बजारमा थुप्रै त्यस्ता झ्यालको जालीहरु उपलब्ध छन्। लामखुट्टे ट्रयाप र झुल चाहीँ बढी प्रभावकारी रहेको पाइन्छ।
बाहिर जाँदा ध्यान दिनुपर्ने कुराहरु योजना हरेक दिन बनाउनुपर्छ। तर पानी परेको समयमा भने डेङ्गु भाइरसको खतरा बढी हुन्छ। त्यसैले सफा र डेङ्गु लामखुट्टेरहित क्षेत्रमा बस्नुपर्छ। डेङ्गु भाइरसको खतरा बढि भएको ठाँउमा सकभर जानु हुँदैन्।
बिहान र बेलुकाको समयमा घरमै बस्नै प्रयास गर्नुपर्छ किनभने यो समयमा लामख्ट्टेले धेरै आक्रमण गर्ने गर्छ।
प्रकृतिक विधिको प्रयोग तुलसीको बिरुवा आँगनमा रोप्नाले लामखुट्टे घर वरपर आउन सक्दैन् र फूल पनि पार्दैन्। निमको तेल पनि लामखुट्टे भगाउन प्रयोग गर्न सकिन्छ।
तोरीको तेल वा निमको तेल ल्याम्प वा चिममा लगाउने। निमको तेल बजारमा सजिलै पाउन सकिन्छ। निम तेल लामखुट्टे धपाउन एकदमै प्रभावकारी रहेको छ।
समग्रमा यदी लामखुट्टेको संख्या घर वरिपरि बढी रहेको छ भने सर्तक रहनुहोस किनभने ति एडेज लामखुट्टे पनि हुनसक्छन। जसले डेङ्गु भाइरस फैलाउँछ।
यि ५ बुंदाहरुलाई ध्यानमा राखेर यसबमोजिम नै काम गर्नुपर्छ। डेङ्गु ज्वरोलाई चिन्न एकदम गाह्रो छ किनभने डेङ्गुको प्रकार र लक्षण छुट्याउन कठिन छ।