काठमाडौं – पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटा माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसक्दा पनि उनी माथि सरकारले निष्पक्ष छानबिन गरेको छैन। ‘जस्को शक्ति उस्को भक्ति’ भने जस्तै नेपली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुत्ता हान्नेमाथी छानविन गर्न सरकारले प्रहरी वरिष्ठ उपरीक्षक सहित समितीनै गठन गरेको छ। भने ७० करोडको घुस काण्ड भने ओझेलमा परेको छ।
पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएको २ हप्ता भन्दा बढी समय बितिसक्दा पनि सरकारको चासो त्यति देखिएको छैन। तर एक सामान्य जुत्ता प्रहार गर्ने वक्ति माथि भने सरकार पुरैलागी परेको देखिन्छ। स्वीस कम्पनीको दाबीलाई लिएर गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटा निर्दाेष भएको भन्दै बचाउ गरेका थिए । सायद राजनितिक संरक्षणले नै त होला..
सेक्युरिटी प्रेस खरिदका लागि ठेक्का पारिदिने प्रलोभनमा विदेशी कम्पनीका एजेन्टसँग कमिसन (घुस) को मोलमोलाई गरेको अडियो प्रमाणलाई आधार बनाएर बाँस्कोटा विरुद्ध अनुन्धानको माग गर्दै अभियानकर्मीहरु विजयबाबु सिवाकोटी र प्रितम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दिएका थिए। उजुरीमा बाँस्कोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गरेको दाबी गरिएको छ। बाँस्कोटाले १ करोड रुपैयाँभन्दा बढी रकम घुस लिन खोजेको दाबी गर्दै उनीविरुद्ध १० वर्षसम्म कैद सजाय हुने गरी अनुसन्धान गर्न माग गरिएको थियो तर सरकार भने यो विषयमा मौन देखिएको छ।
प्रधानमन्त्रीकेपी शर्मा ओलीले भ्रष्टाचारको प्रमाण पाउँदा पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्नेमा भ्रष्टाचारको प्रमाण लुकाएको आरोपमा प्रधानमन्त्रीको समेत चौतर्फी आलोचना पनि हुँदै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले निर्वाचनका लागि सेक्युरिटी प्रेसको ठेक्का बोलकबोल गर्ने प्रयोजनका लागि स्वीस कम्पनी केबीए–नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको थियो।
उक्त अडियो क्लिप सञ्चारमाध्यम मार्फत सार्वजनिक भएको थियो। सो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए। यसरीनै राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा बोल्ने क्रममा प्रचण्डमाथि जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए। उनले भाषणका क्रममा प्रचण्डले गरेको वर्ग संघर्षको कुरा चित्त नबुझेकै कारण आवेशमा आएर उक्त घटना घटेको बताएका छन् । रतन तिरुवाले प्रहार गरेका जुत्ताले प्रचण्डलाई नछुएको भएपनि उनीविरुद्ध छानविनका लागि सरकार निकै सक्रिय देखिएको थियो।
सरकारले यस प्रकरण छानविनको लागि एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा समिती गठन गरि ३ दिनमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। यी दुइ घटनालाई हेर्ने हो भने भ्रष्टाचार उन्मुलन गर्ने उदेश्य बोकेको सरकार सेक्युरिटी प्रेस खरिद प्रक्रियामा बाहिरिएको अडियो प्रकरण जस्तो संबेदनशील बिषयमा निरिह देखिएको छ भने एक नेता माथि सर्वसाधारणमा देखिएको आक्रोश माथि भने सक्रिय देखिएको छ।