काठमाडौं– बोक्सा–बोक्सी, दाइजो जस्ता कुरिति र एसिड प्रहारजस्ता अपराधविरुद्धमा प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव राख्दै बिन्दा पाण्डेले एसिड बिक्री वितरणमा कडाई र गैरकानुनी विक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेकी छिन्।
उनले एसिड प्रहारबाट पीडित बनेकी मुस्कान खातुनले अरुलाई यस्तो घटना सामाना गर्न नपरोस् भन्ने टिप्पणी गरेको प्रतिनिधिसभा बैठकमा सुनाइन्। उनले अहिलेको कुननी व्यवस्था अर्पयाप्त भएको बताइन्। देशमा यी कुरिति र अपराधका कारण धेरै महिला प्रताडित भएको भन्दै सरकारले विशेष कदम चाल्नुपर्ने सांसद पाण्डेले बताइन्।
उनले यी विषयमा पुनः छलफल नगर्नुपर्ने गरी सुनुवाइ हुनेगरी छलफल हुने अपेक्षा गरिन्। क्षतिपूर्ति पुर्न्विचार गर्नुपर्छ। ‘गम्भीरतापूर्व सोचौँ’ पाण्डेले भनिन्, ‘संविधानको धारा २१ को पीडितको हकलाई प्रभावकारी बनाउन प्रभावितका लागि मनोसामाजिक परामर्श सेवा र विशेष व्यवस्था गर्ने व्यवस्था गरौँ।’
नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने र महिलाविरुद्ध हिंसा गर्न नहुने र गरे दण्डनीय हुने जस्ता प्रावधान रहे पनि यस्ता कुरिति र अपराध अन्त्य हुन नसकेको उनले बताइन्। ‘अपराधमा कुसंस्कार कार्य अन्त्य हुनुपर्छ। हामीले कानुन त बदल्यौँ। अन्धविश्वासी मन र मष्तिष्क बदल्न सकेनौँ’ उनले भनिन्, ‘उपत्यकामा समेत यस्ता घटना घटेका छन्। सचेतना र कानुनी कारवाही प्रभावकारी बनाउनुपर्छ।’
हामीले सबै प्रकारका हिंसा, शोषण र विभेदविरुद्ध एक भएर लड्ने प्रतिबद्धता गरेका थियौं। पीडितको सामाजिक पुनर्स्थापना, क्षतिपूर्ति र उपचारमा ध्यान दिन एकबद्ध भएका हौं। केही परिवर्तन त भयो तर तात्विक भिन्नता देखिएन।’ उनले पाठ्यक्रम केही विषय राखिएको र छाउगोठ अन्त्य अभियानले गति लिएको बताउँदै एकीकृत अभियानको खाँचो औंल्याइन्।
काननुले अपराधीकरण गरेपनि दाइजोका नाममा जलाउने र मारिने संख्या नघटेको उनको भनाइ थियो। राष्ट्रि मानवअधिकार आयोगको तथ्यांक अघि सार्दै उनले गतवर्ष मात्रै १३ जना महिलाले दाइजोको नाममा ज्यान गुमाउनु परेको बताइन्।
उनले भनिन्, ‘यी त ज्यान गुमाउनेका कुरा भए। बाहिर नआएको र हिंसा खेपिरहेका धेरै घटना छन्।’ संसदमा दुईघन्टा यस विषयमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्। अन्तर्राष्ट्रिय महिला अधिकार दिवस मार्च ८ को सन्दर्भमा यो प्रस्तावमाथि छलफल भइरहेको हो।