काठमाडौं– नेपाली बजारमा मंगलबार सुनुचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।
यसअघि सोमबार सुन तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलाको ७३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको छ। नेपाली बजारमा सुन चाँदीको मूल्य घटबढ हुने क्रम जारी छ।