काठमाडौं– सापु रोग यो आँखामा लाग्ने एक किसिमको रोग हो जसले अचानक आँखा रातो बनाउँछ। जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौं।
अचानक आँखामा लाग्ने यो रोगले छोटो समयमा ज्योति नै गुम्न सक्दछ। यो सँधै देखिने रोग होइन।कहिलेकाहीँ देखिने रोग हो, तर एकदमै खतरनाक हुन्छ।
यो रोग लागेपछि आँखाका भित्री भागमा संक्रमण भई पिप भरिन्छ।
सापु रोगका लक्षणहरुः
–एउटा आँखा अचानक रातो हुनु,
–आँखाको भित्री नानीको बीचमा सेतो देखिनु,
–भित्री भागमा पिप भरिनु,
–अत्यन्तै छोटो समयमा ज्योति कम हँुदै जानु,
–आँखा पाके जस्तो देखिए पनि चिप्रा नलाग्नु,
–उज्यालोमा हेर्न गाह्रो हुनु,
यसको उपचारहरुः
यो रोगको कारण पत्ता नलागेकाले उपचार पनि बिरामीमा देखिएको असरको अवस्थाका आधारमा गर्ने गरिएको छ। बिरामीको आँखाको पानीको जाँच गर्दा भाइरस, ब्याक्टेरियासमेत भेटिएका छन्। त्यसकारण उपचारमा समस्या छ।
यसका लागि अवस्था हेरेर एन्टिबायोटिक चलाउने, सुईबाट पिप तान्ने, शल्यक्रिया गर्ने लगायतका उपचार पद्धति अपनाइन्छ। शल्यक्रिया गरेर आँखाभित्र जमेको पिप र फोहोर पानी हटाउने विधिलाई ‘भिट्रेक्टोमी’ भनिन्छ।
कुनै पनि रोगको उपचार सहज बनाउन त्यसको कारण पत्ता लगाउन जरुरी हुन्छ। त्यसैले अहिले सापुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।