काठमाडौं– मिठा खानेकुराहरू देख्नेबित्तिकै हामिलाइ सबै खाइहालाै झै लाग्छ र खान्छाै पनि। तर हामिले कहिल्यै पनि साेच्ने गरेका छाैनाै की हामिले खाएका खानेकुराहरू पाचन प्रणालीले कसरी पचाउछ हाेला भनेर।
हामिले खाएका कतिपय खानेकुराहरू पच्ने गर्दैन जसका कारण पेटमा हरेक किसीमका समस्याहरू आउने गर्दछ। पाचन प्रणालीले हामिले खाएका नपचेका बाकी बिकार पदार्थहरूलाइ भने दिषा, पिसाबकाे माध्यमबाट बाहिर फाल्ने गर्दछ।
हामिले खाइएका खानेकुराहरु विभिन्न प्रक्रियाबाट टुक्रिएर आन्द्राहरुको भिताबाट शोषिएर रगतमार्फत शरीरका विभिन्न कोषहरुमा पुग्दछन्। शरीरको कार्यसंचालन सही ढंगले हुन पाउँदैन, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, सानोतिनो रोगले पनि हामीलाई थला पार्छ। शरीर रोगी, कमजोर, जीर्ण हुन्छ।
के गर्दछ पाचन यन्त्रले?
पाचन यन्त्रले खानेकुरालाई शक्तिमा रुपान्तरण गर्छ। पाचन यन्त्र खराब भयो भने हामी स्वस्थ रहन सक्दैनौं। पाचन यन्त्र स्वस्थ नहुँदा सामान्यत पेट दुख्छ, वान्ता हुन्छ, ग्याष्ट्रिक हुन्छ, पखला लाग्छ। पेटको समस्या भइरहेमा शरीरमा गंभिर किसिमको रोगहरु पैदा गर्छ।
पाचन यन्त्र खराब भएको थाहा पाउने तरीका ?
१.शरीरको गन्ध
जब हाम्रो पाचन यन्त्र खराब हुन्छ। शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ। पसिना वा शरीरको कुनै भाग दुर्ग्न्धित हुन्छ।
२.छालाको समस्या
पाचन यन्त्र कमजोर हुँदै गएपछि छालामा विभिन्न किसिमको समस्या देखापर्छ। पाचन यन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दाग धब्बा देखिदैन, चाहुरिपन देखिदैन।
३.सासको दुर्गन्ध
मुख तथा दाँतको सरसफाई राम्ररी नगर्दा मुख गन्हाउँछ। पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ।
४.कपाल झर्ने
कपाल झर्ने कारण धेरै हुन्छ। जब पाचन यन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषकतत्वको अभाव हुन्छ र त्यसको असर कपालमा पनि पर्दछ।
५.नङ कमजोर हुनु
जब पाचन यन्त्र खराब हुन्छ, शरीरको अपशिष्ट पदार्थ बाहिर निस्कन पाउँदैन। त्यसमध्ये नङ टुक्रिने, कमजोर हुने पनि एक हो।
पाचन यन्त्रलाई स्वस्थ स्वस्थ राख्ने तरीका
पाचन यन्त्र स्वस्थ एवं बलियो बनाउनका लागि सबैभन्दा मूख्यतः खानपानमा ध्यान दिनुपर्छ। प्रशोधित खानेकुरा पनि पेटको लागि उपयुक्र हुदैन्।पाचन यन्त्रलाई बलियो बनाउनका लागि शरीरलाई पनि सक्रिय राख्नुपर्छ।
१. खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ। मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ।
२. कोल्ड डिङ्स र फास्टफूड सेवन नगरौं। यसले शरीरमा नराम्रो कोलोस्टोर बढाउँछ। वोसो बढाउँछ। यसले पाचन प्रक्रियालाई असर गर्छ।
३. बिहान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ।
४.कहिले कहिं हामी काम गर्दै यति धेरै खानेकुरा खान्छौ कि, जसलाई पचाउन गाह्रो हुन्छ। टेलिभिजन हेरिहेको बेला हामी खाइरहन रुचाउँछौ।
५.एकै स्थानमा बसेर लामो समयसम्म खानु हानिकारक हुनसक्छ्। जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ।
६.राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन। राती हल्का भोजन गर्नुहोस्। बिहान पौष्टिक खानेकुरा लिनुहोस्।