काठमाडौं–माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका विरामीको टाउको भित्रका, मस्तिष्कका रक्तनलीहरु समयसमयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका नसाहरु तन्किन्छन।
टाउको र मस्तिष्कका रक्तनलीहरु किन त्यसरी फूक्ने गर्छन् भन्ने कुराको चाहिँ निश्चित कारण पत्ता लागेको छैन। २०१६ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारका १ अर्ब मानिस माइग्रेनबाट पीडित छन्।
माइग्रेनका लक्षण
माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हँुदैन। यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ। कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक।
कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा। जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ।कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ।
बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई वान्तासमेत हुने र कसैलाई वान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ। चम्किलो प्रकाश र उज्यालो हेर्न मन नहुने, भिडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ।
याे दुई प्रकारको हुन्छ— विथ औरा र विद्आउट औरा
२०÷३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्योबेला यसको संकेत शरीरले पाउँछ। दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षण देखियो भने यसलाई औरा भनिन्छ।
बिरामीलाई कुनै गन्धका कारणले टाउको दुख्न थाल्छ। सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्न थाल्छ। बिरामीलाई टाउको दुख्दा २ घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ।यो माइग्रेनको खास लक्षण हो।
उपचार
खाने र लगाउने औषधि मात्रै होइन पारिवारिक वातावरणले पनि माइग्रेनको समस्याबाट समाधान गर्न सकिन्छ।
परिवारका सदस्यहरूले बिरामीको समस्या बुझेनन् भने तनाव झनै बढेर जाने भएकाले शान्त वातावरण सिर्जना गरिदिनुपर्छ। खाद्यान्न, पोषणजस्ता कुराहरूले पनि यो समस्या निराकरणमा भूमिका खेल्छ।
खानामा दही, मही, पनीर, आइसक्रिम आदि सकेसम्म खानु हुँदैन। माछामासु नखाँदा राम्रो। अमिलो, पिरो राखेका खानेकुरा तथा कफी, चिसोजस्ता पेय पदार्थ नपिए माइग्रेनको उपचारमा सहयोग मिल्छ।
तनाव व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हो । मानसिक समस्याका लागि औषधिसहित मेडिटेसन र योगा गर्नुपर्छ ।यो विधिअन्तर्गत शरीरका केही विन्दुमा प्रेसर गरेर दुखाइ कम गरिन्छ।
जुन विन्दुले मस्तिष्कलाई आनन्द महसुस गराउने हर्माेन निकाल्छन। माइग्रेन निको पार्न बाहिरबाट रासायनिक पदार्थ नदिइने भएकाले साइड इफेक्ट कम हुन्छ।
हामीले माइग्रेनका बिरामीका लागि माइग्रेन थेरापी भनेर प्रोटोकल बनाएका छौँ। दुखाइ कम गर्नको लागि स्काप अकुपञ्चर विधि अपनाइन्छ, जसलाई वाई.एन.एस.ए. भनिन्छ।
यो विधिअन्तर्गत शरीरका केही विन्दुमा प्रेसर गरेर दुखाइ कम गरिन्छ । जुन विन्दुले मस्तिष्कलाई आनन्द महसुस गराउने हर्माेन निकाल्छन्, ती विन्दुमा अकुपञ्चरको माध्यमबाछ प्रेसर दिइन्छ।माइग्रेन निको पार्न बाहिरबाट रासायनिक पदार्थ नदिइने भएकाले साइड इफेक्ट कम हुन्छ।
आँखाको समस्याले पनि टाउको दुख्न सक्छ। पिनास रहेसम्म माइग्रेन निको हुँदैन। माइग्रेन निको हुन समय लाग्छ। हामी प्राकृतिक पद्दतिबाट उपचार गर्छाैं।
यस्तो उपचार भनेको ‘असारमा धान रोपेर मंसिरमा पाके’झैँ हुन्छ। अकुपञ्चर प्रविधिबाट माइग्रेन निको हुन एकदेखि तीन हप्तासम्म लाग्न सक्छ। बिरामीले उपचार विधिको अनुशासन पालना गर्ने हो भने माइग्रेन निको हुन्छ।
आधा घन्टा दैनिक शारिरीक व्यायाम गर्नुपर्छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ भने धेरै गर्मी अनि धेरै जाडोबाट बच्नुपर्छ।
माइग्रेन हुनै नदिन त केही गर्न सकिदैन तर माइग्रेन बढी हुने सम्भावना छ भने आफ्नो जीवनशैली स्वस्थ र खुसी बनाउन पर्छ।यस्तो गर्न सकियो भने माइग्रेन कम हुन्छ।