एजेन्सी – कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ। यो कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ, अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन्।
मुसालाई विभिन्न रङ्गका प्रकाशहरूमा राखेर अध्ययन गरेको बताएका छन्। करेन्ट बायोलजी नामक जर्नलमा प्रकाशित विवाद निष्कर्षमा निद्रा र प्रकाशको सम्बन्धमा कत्तिको उज्यालो छ, भन्ने बारेमा भर पर्ने भनिएको छ।
१.यसको अध्ययन किन?
मानिसहरुको सुत्ने र उठ्ने प्रक्रिया फरक हुन्छ। प्रत्येक मानिसको शरीर वरपरको वातावरणसँग घुलमिल भएको हुन्छ। त्यसैले मानिसहरू दिउँसो सक्रिय हुन्छन् भने राति निदाउँछन्। विज्ञहरूले लामो समयदेखि यो प्रक्रियामा कृत्रिम प्रकाशले असर गरिरहेको शङ्का गरेका छन्। बढी चर्चा पाएको शङ्कामा स्क्रीनबाट निस्कने नीलो प्रकाशको ठुलो असर हुन्छ भन्ने हो।
२.मुसा र प्रकाशको के पत्ता लाग्यो ?
अध्ययनकर्ताहरूले प्रकाशको उज्यालो र रङ्ग नियन्त्रण गरेर मुसाहरूमा अध्ययन गरेका हुन्। उज्यालो हुँदा अपेक्षा गरे जस्तै मुसाहरू सक्रिय भए।
प्रकाशको उज्यालो कम गरियो तर पहेँलो प्रकाशमा भन्दा नीलो प्रकाशमा मुसाहरू बढी विश्रामको अवस्थामा देखिएका थिए। प्रमुख अध्ययनकर्ता डा. टीम ब्राउनले यो निष्कर्ष प्राकृतिक भएको बताए। हामीले पाउने प्रकाश सेतो वा पहेँलो हुन्छ र त्यसको असर हाम्रो शरीरमा बढी हुन्छ।
तर सूर्यास्तपछि प्रकाश नीलो हुँदै जान्छ उनले भने। त्यसैले शरीरलाई विश्रामको अवस्थामा लाने हो भने प्रकाशलाई कम उज्यालो र नीलो बनाउनुपर्छ।
३.यसको अर्थ के हो ?
मोबाइल वा कम्प्युटरमा रात्रिकालीन सेटिङ राख्दा त्यसले नीलो रङ्ग घटाउँछ। डा.ब्राउनले भने, "अहिले मानिसहरू राति प्रकाशलाई बढी पहेँलो बनाइरहेका छन्। हाम्रो अनुमान यो हो कि हामीले अहिले गरिरहेको तरिका उल्टो छ।"
अक्स्फोर्ड विश्वविद्यालयका डा. म्यानुअल स्पीट्स्चान भन्छन्, "यो रमाइलो निष्कर्ष हो तर मानिसहरूमा पनि यस्तै असर हुन्छ कि हुँदैन थाहा छैन। तर भविष्यमा मानिसहरूमाथि यस्तै अध्ययन गरेर त्यो पत्ता लगाउन सकिन्छ।" बीबीसी