काठमाडौं – निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो। सास तानेको बेला जीवाणहरु नाक का रौंहरु,सिँगान,कफ आदिलाई छिचोलेर फोक्सो का वायुकोष सम्म पुग्छन्। नवजात शिशुहरु र बच्चाहरु पनि निमोनियाको शिकार हुने सम्भावना बढि हुन्छ। निमोनियाको कारणले बालबालिको मृत्यु हुनखक्छ।
स–साना बालबालिकालाई निमोनियाबाट बचाउनु आजभाेली ठूलाे चुनाैति मानिन्छ। निमोनिया जीवाणु,भाइरस वा रसायनको कारणले हुन्छ। हरेक वर्ष झण्डै १६ लाख बालबालिकाहरुकाे मृत्यु निमोनियाबाट भएको देखिन्छ।
निमोनियाले विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन्। ५ वर्ष मुनिका बालबालिकाको मृत्युकाे प्रमुख कारणमध्ये नियाेनिया पनि एक हाे। निमाेनियाकाे कारण १५ प्रतिशत बालबालिकाले ज्यान गुमाइरहेका हुन्छन्।
सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ। निमोनियाबाट बालबालिकालाई समयमै नजोगाएमा सन् २०३० सम्ममा विश्वभर १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ।
बालबालिकालाई निमाेनियाबाट बचाउन ६ महिनासम्मा आमाको दुध मात्र खुवाउनुपर्छ। ६ महिनापछि आमाको दुध साथै खाना पनि खुवाउने गर्नुपर्छ। बालबालिकाकाे सरसफाइमा ध्यानका साथै शुद्ध खानेपानी पिउन दिनुपर्छ। नियमत खोपहरु लगाउनुका साथै बालबालिकालाई धुवा, धुँलो, धुम्रपान बाट टाढा राख्नुपर्दछ।
निमोनियाको उपचार मा एन्टिबायोटिक को प्रयोग सँगै र उपयुक्त सहायक तरिकाहरु प्नि अपनाइन्छ। निमोनियाको उपचार शीघ्र र सही औषधिबाट गर्नुपदर्छ। समयमा निमोनियाको उपचार गरिएमा मृत्युलाई रोक्न सकिन्छ।