काठमाडौं– कोरोना संक्रमितको शव कसरी व्यवस्थापन हुन्छ, यो धेरैको चासोको विषय बनेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७६ (दोस्रो संशोधन २०७७) बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ । सोही कार्यविधिअनुसार कोरोना सक्रमितकाे शव व्यवस्थापन हुँदै आएको छ ।
शव व्यवस्थापनको तरिका
(क) अस्पतालमा मृत्यु भएमा अस्पतालले मृत्यु प्रमाणपत्र दिनुपर्छ ।
(ख) परिवारका सदस्यहरूलाई शव चलाउन वा छुन दिनुहुँदैन ।
(ग) शवलाई बडी ब्यागमा राख्ने वा ब्याग नभएमा सेतो कपडामा बेर्न सकिन्छ र त्यसपछि प्लास्टिकमा बेर्न सकिन्छ ।
(घ) परिवारका सदस्यहरूले हेर्न चाहेमा अनुहार १ मिटर टाढाबाट देखाउन सकिन्छ ।
(ङ) शवलाई शव वाहनमा राखेर अन्त्येष्टि गर्ने स्थानसम्म लैजानुपर्छ । कार्यविधिमा उल्लेख छ ।
बेवारिस शवको व्यवस्थापन तरिका
(क) कोरोना संक्रमणको महामारीका बेला बेवारिस शव कतै देखिए वा भेटिएमा प्रहरीलाई खबर गर्नुपर्छ ।
(ख) प्रहरीले शवको पोस्टमार्टम गर्ने÷नगर्ने भन्ने निर्णय गर्दछ । ‘कोभिड–१९ कारण मृत्यु भएको भए अन्त्येष्टि गर्ने स्थानमा लैजाने वा गाड्ने प्रबन्ध मिलाउनुपर्छ ।
त्यस्तै शव व्यवस्थापनमा सहभागी हुने चिकित्सक, चाल, शववाहन र नातेदारका लागि पिपिई सामग्री तोकिएको छ ।
शव परीक्षण गर्दा लगाउनुपर्ने पिपिई
(क) सम्पूर्ण सुरक्षात्मक कपडा
(ख) लामो बाहुला भएको पानी नछिर्ने गाउन
(ग) पन्जा
(घ) मुख छोप्ने
(ङ) चस्मा
(च) सर्जिकल मास्क
(छ) गम बुट
(ज) टोपी
(झ) जुत्ताको खोल
शव व्यवस्थापन गर्ने व्यक्तिले लगाउनुपर्ने पिपिई
(क) पानी नछिर्ने अप्रोन
(ख) पन्जा
(ग) सर्जिकल मास्क
(घ) चस्मा
(ङ) गम बुट र जुत्ताको खोल ।
शव व्यवस्थापनमा सहभागी हुँदा नातेदारले लगाउनुपर्ने पिपिई
(क) पन्जा
(ख) सर्जिकल मास्क

