एजेन्सी– चिनियाँ महिला हुआङ गुओसियान पेटको अचम्मको रोगसँग जुधिरहेकी छिन् । पछिल्लो दुई वर्षमा उनको पेट यति बढेको छ कि पेटको वजन १९ किलो पुगेको छ ।
यसकारण उनी सुत्न, चल्न, हिँड्न पनि मुस्किल बेहोरिरहेकी छिन् । पेटको आकार लगातार बढ्दै जाँदा दुई बच्चाकी आमा उनले आफ्ना बच्चाहरुको रेखदेख र खानपानको व्यवस्था गर्न पनि सकेकी छैनन् ।
उनले भनेकी छिन्, ‘मेरो वजन ५४ किलो हो, यसमा १९ किलाको पेट पनि पर्छ । यसअनुसार मेरो शरिर ३६ किलोको मात्र हो । दुई वर्ष पहिले पेट दुखेपछि अस्पताल गएकी थिएँ । औषधीले पेट दुःखाई त रोकियो तर बढ्न रोकिएन ।’
बारम्बार डाक्टरको सल्लाहअनुसार अघि बढ्दा पनि कुनै फाइदाजनक नतिजा नआएको उनले सुनाए । त्यसैले उनी देशकै ठूला डाक्टरसँग उपचार गर्न चाहन्छिन् । जसका लागि सामाजिक सञ्जालमा सहयोगको लागि पोस्ट गरेका थिए ।
पोस्टपछि करिब सवा तीन लाख रुपैयाँ जुटिसकेको छ ।
हुआङ यसअघि पनि कलेजो, क्यान्सर, बिनाइन ट्युमर पीडित हुन् । उनको टाउको र पेटमा पानी जम्मा भएको पनि उनले बताएकी छिन् ।
बाहिर निस्कँदा ठूलो पेट देखेर उनलाई मानिसहरुले गर्भवती भन्ठान्छन् । यसबाट शारिरीक र मानसिक तनाव झेलिरहेकी हुआङमा रिस बढ्न थालेको उनी स्वीकार्छिन् । आशा गर्छिन, ‘छिट्टै पहिलेजस्तै सामान्य अवस्थामा आउनेछु ।’