काठमाडौ - एक महिला जब आमा बन्छिन, उनले संसारको सम्पूर्ण खुशी पाएको अनुभव गर्छिन्। आफ्नो बच्चालाई जब उनले छातिमा टाँसेर स्तनपान गराउँछिन्, त्यो क्षण उनको जीवनको अति नै महत्वपूर्ण क्षण बन्छ। बच्चाको शुरुआती दिनले नै उनीहरुको भविष्यका दिनहरु बनाउँछ। भविष्यका रोगहरुबाट बचाउँछ, उनीहरुको इम्यून सिस्टमलाई विकसित गर्छ।
त्यो केवल स्तनपान मात्र होइन, त्यसले आमा र बच्चाबीचको प्रेम र ममतालाई प्रगाढ पार्ने काम गर्छ। महिलाले बच्चालाई स्तनपान गराउँदा ममतामयी आनन्दको अनुभव गर्छिन्। तर आमाहरुलाई बच्चालाई कति समयसम्म स्तनपान गराउने भन्नेबारे थाहा नहुन सक्छ। विशेष गरेर स्तनपानको बारेमा ध्यान दिनु अति नै आवश्यक छ।
बच्चालाई स्तनपान गराउन कतिको आवश्यक छ, कति र किन गराउने भन्नेबारे पूर्ण जानकारी लिएपछि, मात्र बच्चालाई कहिलेसम्म स्तनपान गराउने भन्ने कुरा थाहा हुन्छ। बाल्यवस्थामा उनीहरुको खानपानलाई विशेष ध्यान दिनु आवश्यक छ। स्तनपान नगराउनु अथवा स्तनपान गर्नबाट रोक्नुले बच्चा र आमा दुवैमा नराम्रो असर पर्न सक्छ।
बच्चा जन्मनासाथ स्तनबाट निस्कने दूध एन्टीबायोटिकले भरिपूर्ण हुन्छ, जुन नवजात शिशुको विकास र रोग प्रतिरोधक क्षमता बढाउनका लागि महत्वपूर्ण हुन्छ। सयसको साथै उक्त दूधले विभिन्न भाइरससँग लड्नुको साथै ब्याक्टिरियल इन्फेक्सनबाट पनि बचाउँछ। स्तनपान गर्दा भिटामिन, मिनरल, प्रोटिनको सन्तुलित मात्रामा प्राप्त हुन्छ, र यसले बढ्ने शिशुको आवश्यकतालाई पूरा गर्न सहयोग र्पुयाउँछ।
यसले शिशुको काम, स्वाससम्बन्धी, झाडापखाला र अन्य प्रकारका इन्फेक्सनहरुबाट बचाउँछ। आमाको दूधमा आवश्यक फ्याटी एसिड हुन्छ, जसले बच्चाको मानसिक क्षमताको विकास गर्छ। जुन आमाले आफ्ना बच्चालाई ६ महिनापछि पनि स्तनपान गराउन चाहन्छिन्, उनले निश्चित भएर स्तनपान गराउन सक्छिन्।
स्तनपान गर्ने बच्चाहरुमा मोटोपनको समस्या हुँदैन। विश्व संगठनको अनुसार बच्चालाई पहिलो ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्छ, र ६ महिनापछि स्तनपानसंग अन्य आवश्यक खाद्य पदार्थ पनि खान दिनु पर्छ,र स्तनपान गराउनाले आमा र बच्चाको स्वास्थ्य राम्रो र फाइदाजनक हुन्छ।