काठमाडौँ – अधिकांश मानिसलाई के लाग्छ, भने प्रोटिन हाम्रो शरीरको लागि सबैभन्दा पोषक तत्व हो। आजकल जिममा कसरत गर्नेहरुले प्रोटिन घण्टाको केवले ५ ग्राम मात्र पचाउन सक्छ।
जबकि प्रोटिन शेक अथवा प्रोटिन बारमा ५० ग्राम प्रोटिन हुन्छ, जसलाई पचाउनका लागि १० घण्टासम्म लाग्न सक्छ। यो कुरा स्वास्थका लागि ठीक होइन। त्यसैले हामी प्रायः बडी बनाउनका लागि अथवा वजन कम गर्नका लागि सोच–विचार नै नगरी अत्यधिक प्रोटिनको सेवन गर्न थाल्छौं।
त्यसरी अत्यधिक मात्रामा प्रोटिनको सेवनले हाम्रो स्वास्थ बिग्रिरहेकोछ, भन्नेतर्फ हामी ख्याल गर्दैनौँ, प्रोटिनले हाम्रो शरीरमा हुने टुट–फुटलाई मर्मत गर्नुका साथै मसल्स् बनाउनका लागि पनि यो अत्यावश्यक छ। हाम्रो शरीरलाई प्रोटिन नभई हुन्न, तर त्यसको प्रयोगमा सावधानी अपनाउनु अनिवार्य छ, नत्र बढि खतरा पनि हुन् सक्छ।
कस्लाई बढी खतराः
– मांसाहारी (नन भेजिटेरियन) व्यक्तिहरुलाई,
– जिममा ज्यान बनाउन जाने व्यक्तिहरु, जो प्रोटिन शेक अथवा प्रोटिन बार खाएर चाँडै मसल्स बनाउन चाहन्छन्।
स्वस्थकर सीमा कतिः
– अधिकांश मानिसहरुलाई प्रतिदिन ५० ग्रामदेखि ७० ग्राम प्रोटिनको आवश्यकता पर्दछ। त्यसैले नापेर वा तौलेर प्रोटिनको सेवन गर्नु राम्रो हुन्छ् । जस्तो, चिकेनमा ३७ ग्राम प्रोटिन हुन्छ, एउटा अण्डामा ५ ग्राम प्रोटिन हुन्छ। त्यसैले अत्यधिक मात्रामा चिकेन तथा अण्डाको सेवन पनि राम्रो मानिँदैन।
के लाई हुन्छ हानीः
– हरेक दिन ३० प्रतिशत भन्दा बढी प्रोटिनको सेवनले मिर्गौलामा निकै नराम्रो प्रभाव पर्न सक्छ।
– यसबाट शरीरमा क्याल्सियमको मात्रा घट्न सक्छ।
– यसको दुष्परिणाम हरुमा थकान, छालाको सुख्खापन, रिंगटा लाग्नु, केश झर्नु, भोक लाग्न कम हुनु, सास गन्हाउनु आदि हुन सक्छ।
– शरीरलाई आवश्यकताभन्दा बढी प्रोटिन बोसोमा परिवर्तन हुन्छ, जसले हाम्रो शरीरको तौल बढ्न थाल्छ।