काठमाडाैँ- केही समयपछि चाडबाड सुरु हुन्छ, चाडबाडलाई हर्षोल्लासका साथ मनाउने मुडमा हुन्छौं हामी। यद्यपि चाडबाडकै मुखमा दुःख–बिराम भइयो भने आफुलाई मात्र होइन, परिवारलाई पनि गाह्रो हुन्छ, त्यसैले यतिबेला स्वास्थ्यप्रति सचेत र सर्तक हुन आवश्यक छ। झरीको याम छ, मौसम ओसिलो छ, यतिबेला संक्रमित रोगहरुको भय हुने नै भयो।
त्यससँगै मौसम परिवर्तन हुने बेला पनि हो, यस्तो अवस्थामा विभिन्न किसिमका शारीरिक समस्या आउन सक्छ। बालबालिका, रोगी, बुढाबुढी वा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई सानोतिनो समस्याले दुःख दिन सक्छ, त्यसैले यतिबेला अलि सजग हुनुपर्छ।
रुघाखोकी बाट कसरी अपनाउने सतर्कताः
झरीको याम छ, मौसम ओसिलो छ, यतिबेला संक्रमित रोगहरुको भय हुने नै भयो। त्यससँगै मौसम परिवर्तन हुने बेला पनि हो, यस्तो अवस्थामा विभिन्न किसिमका शारीरिक समस्या आउन सक्छ। बालबालिका, रोगी, बुढाबुढी वा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई सानोतिनो समस्याले दुःख दिन सक्छ। त्यसैले यतिबेला अलि सजग हुनुपर्छ।
यो मौसममा के हुन्छः
अहिले डेंगुबारे धेरै बताइरहनु पर्दैन, सबै सचेत भइसकेका छन् । यसको रोगथामका लागि आवश्यक पहल पनि भइरहेको छ। हुन त अहिले सबैतिर डेंगु आतंक छ, पानीझरीको मौसममा फैलने रोग हो यो पनि।,
खासगरी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो डेंगु, डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेमार्फत डेंगु सर्दछ।
यो मौसममा सताउने अर्को समस्या भनेको रुघा अर्थात कमन कोल्ड यो त्यती गंभिर समस्या त होइन, तर यसले निकै दुःख भने दिन्छ । त्यसैले रुघा कसरी लाग्छ,
रुघा लागेमा के हुन्छ, यसबाट कसरी बच्ने भन्ने कुरामा केही ध्यान दिनु उत्तम हुन्छ।
रुघाखोकीको समस्याः
तपाईं, हामीलाई थाहा नै छ, रुघा लागेपछि नाकबाट पातलो सिंगान जस्तो पानी बगिरहन्छ। सामान्य ज्वरो पनि आउँछ, साना बालबालिका वा बुढाबुढीलाई यसले निकै सताउँछ ।
सामान्य व्यक्तिलाई भने दैनिक कामकाजमै असर र्पुयाउँछ, रुघा र ज्वरोले सताउन थालेपछि हिँडडुल गर्न, काम गर्न सहज हुँदैन । सामान्यत रुघाखोकी राइनो भाइरसको संक्रमणले हुने गर्छ । प्रायजसो यस रोगको संक्रमण एक हप्तामा आफै निको हुन्छ।
भाइरसको संक्रमणले हुने समस्या भएकाले एन्टिबायोटिक खाइहाल्नुपर्ने अवस्था हुँदैन, यद्यपि कहिले काहीँ के हुन्छ भने, मान्छेको उमेर, शारीरिक अवस्था, रोगसँग लड्ने क्षमता आदिको कारणले उक्त भाइरसको संक्रमण पछि सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुने संभावना रहन्छ। यस्तो अवस्थामा भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ।
रुघाखोकीको लक्षणः
रुघाखोकीकै कारण ज्वरो पनि आउँछ, रुघाखोकीबारे हामी त्यती अनभिज्ञ छैनौं, यो समस्या हुँदा खोकी लाग्छ, नाकबाट पानी बग्छ । बेलाबखत छाती, टाउको, शरीर पनि दुख्छ ।
बच्चाहरुमा चाहि यसको असर अरु बढी देखिन्छ। उनीहरुलाई पेट पनि दुख्न सक्छ । वान्ता हुने, पखला लाग्ने समस्या हुन्छ ।
अब के गर्ने तः
रुघाखोकीकै कारण धेरै ज्वरो आएमा प्यारासिटामोल दिनु उपयुक्त हुन्छ, रुघाखोकी एकबाट अर्कोमा सर्ने हुँदा कहिले–काहीँ पुरा परिवार नै बिरामी पर्छन्। त्यसैले रुघा लागेपछि एकअर्काको सोझो सम्पर्कमा रहनु हुँदैन।
सरसफाई र आरममा बढी ध्यान दिनुपर्छ, रुघाखोकीले गर्दा बच्चाहरुलाई श्वसप्रश्वासमा समस्या आउन सक्छ।
उनीहरुलाई सास फेर्न गाह्रो हुन्छ। यदि त्यसो भएमा नुन पानीको थोपा नाकभित्र राख्नुपर्छ, केही सहज हुन्छ, नरम सुतीको कपडाले नाक पुछ्नु पर्छ।
सामान्यत बच्चाहरुमा दिनमा २, ३ पटक भन्दा बढी पातलो दिसा लागेमा उनीहरुलाई झोलिलो तथा पोषिलो खानेकुरा दिनुपर्छ, पर्याप्त मात्रामा पुनरजलिया झोल दिनुपर्छ।
यसैगरी तातो पानीमा नुन, बेसार, ज्वानो, तुलसीको पात, जिरा र अदुवा राम्रोसँग उमालेर मनतातो भएपछि पउक्त पानीमा केही मात्रा कागतिको रस राख्नुपर्छ। उक्त रस दिनमा तीन, चार पटकसम्म सेवन गर्दा रोगबाट छिटो छुटकारा पाउन सकिन्छ ।
रुघा लागिसकेपछिः
–भिडभाडमा जानु परेमा माक्सको प्रयोग गर्ने ।
–पिउने पानीमा ध्यान दिने, शुद्धिकरण गरेको पानी मात्र पिउने, पर्याप्त पानी पिउने।
सरसफाईमा ध्यान दिने, फोहोर बस्तु छोएपछि, दिसापिसाब गरेपछि, बालबच्चालाई दिसापिसाब गराएपछि साबुन पानीले राम्ररी हात पखाल्नुपर्छ।
रुघाखोकीमा घरेलु उपचारः
तुलसीः
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ।
बेसारः
रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।
अदुवाः
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।
अलैंचीः
अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ।
हर्बल चियाः
टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस्, यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।
त्यस्तै रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रस भएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि आराम गर्छ।