काठमाडौं – गर्भावस्थामा कब्जियत हुनु भनेकाे साझा समस्या हो। कब्जियतको समस्या भएमा पेट दुख्ने समस्या हुन्छ। कब्जियतकै कारण उनीहरुले निकै सास्ती भोगिरहेका हुन्छन्। यसले गर्भवतीलाई मानसिक चिन्ता समेत बढाउनछ। गर्भवती अवस्थामा महिलाहरू चिन्तामुक्त हुनुपर्ने हुन्छ। त्यसैले यसका केही उपाएहरू छन्, जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ।
किन हुन्छ गर्भावस्थामा कब्जियत ?
गर्भावस्थामा कब्जियत हुनुको कारण
१. हर्मोन प्रोजेस्टीरोनले पाचनयन्त्रबाट खाना पचाउने प्रक्रिया सुस्त गराइदिन्छ।
२.खानपानमा परिवर्तन हुनु।
३.गर्भावस्थाको अन्तिम चरणमा मलायशयमा गर्भको दबाव बढ्छ।
४.गर्भावस्थामा आइरनचक्की सेवन गरिन्छ, यो पनि कब्जियतको कारण बन्दछ।
गर्भावस्थामा कब्जियतबाट छुटकारा पाउन के गर्ने?
१. हरियो सागपात, राजमा, ताजा फल फाइबरको स्रोत हो।
गाजर, फूलगोभीमा उच्च मात्रामा फाइबर पाइन्छ। फाइबरयुक्त खानेकुरा लिइसकेपछि पर्याप्त पानी सेवन गर्नुपर्छ, नभए त्यसले कब्जियत बढाउँछ।
२. चाउचाउ लगायतका रिफाइन्ड भोजन,सेतो ब्रेड, पुरी, केक बिस्कुट सेवन नगरौ। मैदाजन्य परिकार कब्जियतको कारण हो।
३. थोरै मात्रामा पानी पिउनाले कब्जियत हुन सक्छ। दिनमा आठदेखि १२ गिलाससम्म पानी सेवन गर्ने बानी बसाल्नुपर्छ। ताजा फलको रस, नरिवल पानी, कागती पानी, लस्सी पेय लिन सकिन्छ। बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गर्दा मलत्याग गर्न सजिलो हुन्छ।
४.कब्जियतको अर्को कारण हो, शारीरिक निश्क्रियता। जसमा सजिलो र हल्का व्यायाम गर्नुपर्छ, बिहान बेलुकी हिँड्नुपर्छ।
गर्भावस्थामा कब्जियत हुनु गंभिर हो?
गर्भावस्थामा कब्जियतले निकै दुख दिन्छ। यदि कब्जियत निरन्तर रहिरह्यो भने चिकित्सकको परामर्श लिनैपर्छ। यसले निम्न समस्या निम्त्याउँछ।
–मलत्याग गर्न बल गर्नुपर्ने हुन्छ। यसले पाइल्सको समस्या निम्त्याउन सक्छ।
–एनल फिशरको समस्या आउनसक्छ। यो समस्यामा क्रिम र मलहम लगाउन सकिन्छ। चिकित्सकलाई क्रिमको बारेमा सोधौ,जसको प्रयोग गर्भावस्थामा सुरक्षित हुन्छ। बच्चा जन्माइसकेपछि कब्जियतको समस्या ठीक हुन्छ।