काठमाडौं– बाइपोलार डिसअर्डर मानिसको ‘मुड’ मा हुने परिवर्तनबाट सिर्जना हुने एक प्रकारको मानसिक रोग हो। कहिले एकदमै खुसी हुनु त कहिले चिन्ताग्रस्त हुनु सामन्य होइन। यसले बाइपोलार डिसअर्डर भएकाे संकेत गर्दछ।
यसकाे लक्षणहरु
– एकदमै खुसी व्यक्त गर्ने
– गीत सुनेको सुन्यै गर्ने
– रातभर निद्र नलाग्ने
– छिटोछिटो कुरा गर्ने
–कुराहरुमा ध्यान नदिने
यसकाे कारणहरु
बाइपोलार डिसअर्डर हुनुका पछाडि धेरै कारणहरू हुन सक्छन्। केही प्रतिशत मानिसमा वंशाणुुगत गुणबाट समेत यस्तोे समस्या भएकाे पाइन्छ। हार्मोनमा आउने गडबडि, दिमागमा हुने न्यूरोट्रान्समिटरमा आउने असन्तुलनजस्ता कारणले बाइपोलार डिसअर्डर भएको पाइन्छ।
यसकाे उपचार विधिहरू
बाइपोलार डिसअर्डर दीर्घकालीन मानसिक रोग हो। यसकाे उपचार संभव हुनुका साथै र पीडितलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ। यसका लागि मनोचिकित्सकको सल्लाह आवश्यक हुन्छ।
– औषधीको सेवनले यस किसिमको बिरामी ठीक हुन्छ
–व्यक्तिको लागि पर्याप्त निन्द्रा आवश्यक हुन्छ
–नियमित थेरापीमा औषधी लिनुपर्छ
– कुराकानी गर्ने, घुलमिल हुने, घुमफिर गर्ने अभ्यास गराउनु पर्दछ
–व्यायाम र ध्यान गराउनु पर्छ