काठमाडौं – तेजपत्ता बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने एक प्रकारको बासनादार पात हो। यसले बिभिन्न खानाका परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ। तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले त्वचा तथा कपाललाई पनि निकै फाइदा पुर्याउँदछ।
तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ। यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ।
त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ। तेजपत्ताको पातलाई लेप बनाएर दहीम मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ, तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ भने टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ। पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने। यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने। तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ।
त्यसैगरी, सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ। विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ। तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ। यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्न मदत गर्दछ। त्यसैगरी गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ। दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ। रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ। दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने। यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ।