काठमाडौं– चिकित्सकको विनासिफारिस एन्टिबायोटिक प्रयोग गर्न निषेध छ। तर पनि प्रायः फार्मेसीहरुमा चकलेट जसरी एन्टिबायोटिक बिक्री वितरण हुने गरेको छ। चिकित्सकको सल्लाहविना एन्टिबायोटिक सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर र्पुयाउँछ।
एन्टिबायोटिकको गलत प्रयोगले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउँछ र ब्याक्टेरियाहरु शक्तिशाली भई एन्टिबायोटिक औषधिलाई निष्क्रिय बनाइदिन्छ। त्यसैले बिरामी हुँदा मानिसले खाने औषधिले काम गर्दैन। ब्याक्टेरियाहरुले एन्टिबायोटिक औषधिको प्रभाव नहुने गरी आफूलाई विकास गर्न सक्षम हुन्छन्। त्यसकारण रोगको संक्रमण बढ्ने खतरा रहन्छ भने मानिसको ज्यान जानसक्छ।
यस्तो भएमा गर्दैन एन्टिबायोटिकले कामः
अत्याधिक वा खानु पर्नेभन्दा बढी औषधि सेवन गरेमा, कम वा खानुपर्नेभन्दा कम औषधि सेवन गरेमा, एन्टिबायोकि औषधि जथावावी खाएमा, चिकित्सकले तोकेको समय र मात्रामा नखाएमा, म्याद गुज्रेको औषधि खाएमा।
एन्टिबायोटिकको सही प्रयोगः
गर्भवती महिला तथा स्तनपान गराइरहेकी महिलाले चिकित्सकको सिफारिस विना एन्टिबायोटिक खानु हुँदैन, चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहविना एन्टिबायोटिक प्रयोग गर्नुहुदैन, भाइरसबाट हुने रुघाकोकी लगायतका साधारण रोगमा एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन। रोग निको भएपनि चिकित्सकले सिफरिस गरेको एन्टिबायोटिक पुरा मात्रामा खानुपर्छ, एकपटक प्रयोग भएर बाँकी रहेको एन्टिबायोटिक अर्को पटक बिरामी हुँदा प्रयोग गर्नु हुँदैन।