एजेन्सी– गर्भमा रहेको बच्चाले विभिन्न खाल्का कृयाकलापहरु गर्ने गर्दछ। जस्तैः पेटमा लात हान्ने, पेटभित्र डुवुल्की मार्ने, दाँया–बाँया गरी चल्ने गर्दछ भने, बच्चा स्वस्थ्य र सक्रिय छ भन्ने बुझ्नु पर्दछ।
बाहिरी बाताबरणसंग बच्चाको प्रतिक्रियाः
भनिन्छ कि, गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ। बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ र बाहिरको आवाजले पनि उसलाई भित्र प्रतिक्रिया जनाउछ।
बायाँ ढल्केर सुत्दा रक्तसञ्चारको प्रक्रियाः
बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ, यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चल्ने गर्छ। यस्तो किन हुन्छ भने, आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ। जसले बच्चाले हलचल बढ्दछ।
खाना पछि किक बढ्दै जान्छः
गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले लात बढी हान्छ।
गर्भवति भएको नौ साता पछि बच्चाले लात हान्न सुरु गर्छः
गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ। तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले लात हानेको अनुभव पाउछिन्।
पेटमा बच्चाको हलचल कम हुनुः
यदि बच्चा पेटमा कम चल्छ वा लात कम हान्छ भने मान्नुस पेटको बच्चामा केही गडबढी भएको छ। यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ।
३६ हप्ता पछि कम लात हान्यो भने नआत्तिनुहोस्ः
जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ र किक कम हुँदै जान्छ।