काठमाडौं– दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ। दालचिनी हाम्रो भान्छामा सजिलै पाइने मरमसला हो। यसलाई प्रायः चियामा हालेर खाने गरिन्छ। यसले विभिन्न परिकार स्वादिलो बनाउने मात्रै होइन, विभिन्न रोगबाट बचाउने तथा उपचारको काम पनि छन्।
आयुर्वेदिक, यूनानी र चाइनीज मेडिसिन बनाउन दालचीनीको प्रयोग हजारौँ वर्ष देखि भैइरहेको छ। आज पनि यसलाई कयौँ रोगहरूको उपचारमा प्रयोग गरिन्छ। आयुवे आयुर्वेदीक एक्सपर्टका अनुहार, दालचीनीको यी ५ उपचार विधि चर्चा गरिएको छ र साथै दालचीनीको प्रयोग कुनै पनिले किसिमले गर्दा फाइदाजनक हुन्छ।
दालचिनीका केही फाइदाहरुः
दालचिनीको प्रयोगले ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ। यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ। दालचिनीले एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, दालचिनी पाउडर महमा मिसाएर पेस्ट बनाई खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन। यसबाट हृदयघातको जोखिम कम हुन्छ।
अपच, ग्यास्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ। यस्तो समस्या भएका व्यक्तिले हरेक दिन एक गिलास पानीसँग आधा चमच दालचिनी पाउडर खाएमा राम्रो हुन्छ। पेटमा हुने इनफेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ।
केही बेफाईदाहरु पनि छन्ः
पेटको समस्याः
खाने कुरामा अधिक मात्रामा दालचिनीको प्रयोग गर्नु पेटको लागि हानिकारक हुन्छ। यसले पेटमा जलन र ग्याँस पैदा गर्छ। यसबाहेक जो मानिसलाई अल्सर छ उनीहरुले पनि दालचिनी खानुहुँदैन।
गर्भवती महिलाः
गर्भवती महिलाले दालचिनीको प्रयोग गर्नुहुँदैन। यसको प्रयोगले महिलाको पेटमा एसिडिटी र पिडा हुनेगर्छ। यसबाहेक दालचिनी खानाले समयभन्दा पहिला नै डेलिभरी हुने खतरा रहन्छन्।
लिभर समस्याः
लिभरको समस्या भएका व्यक्तिले दालचिनीको प्रयोग गर्नुहुँदैन। यसको प्रयोगले लिभर झन् बिग्रन सक्छ।
रगत पातलो बनाउँछः
दालचिनीको अधिक सेवनले रगत पातलो बनाउने गर्छ। यस्तोमा जो मानिसको रगत पहिला नै पातलो छ उनीहरुले दालचिनी खानु हुँदैन।
त्वचामा जलनः
केही महिलाहरु दालचिनीको पेष्ट लगाएर अनुहारमा निखार ल्याउने कोशिस गर्छन्। तर, जो महिलाहरुको छाला संवेदनशिल छ उनीहरुले यसको प्रयोग गर्नुहुँदैन। यसका कारण रेशेज र चिलाउने समस्या उत्पन्न हुन्छ।