काठमाडौं– तपाईँले पक्कैपनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गर्ने वा बाउँडिएको महसुस गरेको हुनुहुन्छ होला। शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ। खुट्टामा दवा पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ। जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन।
खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन्। यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ। जव खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हटछ्।
यसका कारणहरुः
खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ। खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विविन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ।
पोषक तत्वको अभाव– पोषक तत्वहरू जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन्। सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ। म्याग्नेसियमले मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन सहयोग र्पयाउँछ। त्यस्तै शरीरमा भिटामिन बि १२ को कमि हुँदा पनि राति खुट्टा पल्टिन्छ।
लामो समयसम्म उभिँदा– कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ। उक्त अध्ययनले यस्तो समस्या भएमा रोकथामका लागि लामो समयसम्म नउभिन सुझव दिएको छ। साथै अप्ठेरो गरेर बस्ने र अप्ठेरो गरेर सुत्ने बानीले पनि खुटृा पल्टन सघाउँछ।
गर्भवती– गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ। यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ। गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा चाप दिन खुट्टा पल्टिने हुन्छ।यदि, गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिँ तुरून्त चिकित्सकको सल्लाहा लिनुपर्छ।
अनियन्त्रित मधुमेह– मधुमेहले पनि खुट्टा पल्टिन सहयोग गर्छ। मधुमेहका बिरामीमा यस्तो हुनु नशा खराब भएको लक्षण हो। यसलाई मेडिकल भाषामा ‘डाइबिटिज निउरोप्याथी’ भनिन्छ। यो अनियन्त्रित मधुमेहले ल्याउने जटिलता हो। यसमा खुट्टा झम्झमाउने, खुटृामा केहीले छोएको थाहा नपाउने र खुटृा पल्टिरहने हुन्छ। रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गएर पनि खुटृा पल्टने हुन सक्छ। यदि मधुमेहका रोगीले खुटृा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाहा लिनुपर्छ।
केही औषधि– पिसाब लगाउने औषधि जसका कारण जलवियोजन हुन सक्छ र खुटृा फर्किने हुन्छ। त्यस्तै कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि, स्टेरोयड र परिवार नयोजनको लागि खाने चक्की आदिले पनि मासु बाउँडिने र पल्टिने गर्छ।यदि कुनै औषधिको प्रयोग गर्ने बित्तिकै अथवा केही समयपछि मासु पल्टने समस्या देखिन्छ भने चिकित्सको सल्लाह लिनु उपयुक्त हुन्छ।