काठमाडाैं– ३० वर्षको उमेरमा हड्डीको द्रव्यमान घनत्व उच्च अवस्थामा पुग्छ। त्यसपछि तुलनात्मक रूपमा हड्डीमा यस द्रव्यमानको मात्रा बिस्तारै घट्छ। हाम्रो शरिरमा कंकाल प्रणालीको महत्वपूर्ण भुमिका छ।
हड्डीहरुले हाम्रो शरीरमा संरचना प्रदान गर्दछ। यसको साथै हड्डीले शरीरमा केही महत्वपूर्ण अंगहरु पनि सुरक्षित गर्दछ। हड्डीहरुले क्याल्सियम र फास्फोरस जस्ता खनिजहरु भण्डार गर्न र मांसपेशीहरुलाई उत्तेजित गर्न पनि मद्दत पु¥याउँछ। बाल्यकालदेखी बुढेसकालसम्म तिनीहरुमा धेरै परिवर्तनहरु हुन्छ।
५० वर्ष भन्दा माथिका मानिसहरुकाे हड्डी कमजाेर भइ सजिलै भाँचिने हुन्छ। दुईमध्ये एक महिला र चारमध्ये एक पुरुषकाे हड्डी सजिलै भाच्न सकिने हुन्छ किनकि तिनिहरु अस्थिरोगबाट पीडित हुन्छन्। यस अवस्थामा उनीहरुको उचित हेरचाह महत्वपूर्ण हुन्छ।
विभिन्न कारणले गर्दा मानिसहरु समय भन्दा पहिले अस्थिरोगकाे शिकार हुन्छन्। दैनिक खानामा क्याल्शियम वा भिटामिन डीको कमी, कम शारीरिक व्यायाम, अत्यधिक कम तौल, नशा, हर्मोनको अनियमित स्तर र केहि औषधिहरुको सेवनले अस्थिरोग हुन्छ।
फरीदाबादको फोर्टिस एस्कार्ट्स अस्पतालका हड्डी विभागका अतिरिक्त निर्देशक डाक्टर हरीश घुटाले हड्डीको स्वास्थ्य सुधार गर्न केहि तरिकाहरू बताएका छन्
१. क्याल्शियम र भिटामिन डीयुक्त खाना र पेय पदार्थहरु सेवन गर्नुपर्दछ। उदाहरणका लागि टोफु वा सोया दुध, हरियो तरकारीहरु, फलफूलहरु, बदाम आदि दैनिक रूपमा खानुपर्छ। हप्तामा दुईदेखि तीनपटक दश देखि पन्ध्र मिनेटसम्म सूर्यको किरण ताप्नु हड्डीकाे लागि फाइदाजनक हुन्छ।
२. नियमित रुपमा कम्तिमा आधा घण्टा शारीरिक व्यायाम गर्नुहोस्। यसले हड्डी र मांसपेशीहरु बलियाे बनाउँदछ।
३. सुर्तीजन्य वा मदिरा सेवनबाट टाढा रहनुहोस्।
४. बुढेसकालमा हड्डीहरुमा द्रव्यामानको घनत्व जाँच गर्नुहोस्।