काठमाडौं – जाडो मौसममा विभिन्न रोगले सताउछ र मौसम पनि परिवर्तन हुन थाल्छ। हाम्रो जीवनशैलीमा पनि विभिन्न परिवर्तनहरु आउँछ।हाम्रो खानपान र पहिरनहरु नै फरक हुन थाल्छ।
हामी जाडोबाट बच्नका लागि न्यानो लुगा र तातो खाना खान्छौं र आफ्नो स्वास्थको पनि सोही अनुरुप हेरचाह पनि गर्छौं। जाडोमा रुघा, खोकी, घाँटी सम्बन्धी समस्या हुनु र चिसो लाग्नु अति नै सामान्य कुरा हो।
यो संक्रमण जाडोयाममा तीब्र गतिमा फैलन्छ र तीब्र रुपले शरीरलाई प्रभावित गर्दछ। त्यसैले तीब्र रुपले नोरोभाइरस हाम्रो शरिरमा फैलन्छ।
नोरोभाइरस के हो र यो कसरी फैलन्छ ?
यो एक प्रकारको भाइरस हो जुन अति नै संक्रामक हुन्छ। यो कुनै मौसममा हुन सक्छ। यो भाइरसले कुनै पनि व्यक्तिलाई कुनै पनि मौसममा र जहाँ पनि आक्रमण गर्नसक्छ। यो संक्रमण कुनै पनि मौसममा हुन सक्छ ।जाडो मौसममा यो तीब्र गतिमा फैलिन्छ। यो भाइरस संक्रमित भोजन र पानीको सेवनले फैलन्छ। संक्रमित व्यक्तिको सम्पर्कमा आउनाले पनि फैलिन सक्छ। यस बाहेक संक्रमित ठाउँहरुमा छुनाले र त्यही संक्रमित हातहरुले केही खाना अथवा मुखमा छुनाले पनि नोरोभाइरस शरीर भित्र प्रवेश गर्न सक्दछ।
यसका लक्षणहरु
१. यसका संक्रमण हुँदा बिरामीलाई ज्वरो आउने, शरीर दुख्ने र टाउको दुख्ने जस्ता समस्याहरु पनि हुनसक्छ।
२. डायरिया हुने, पेट दुख्ने र बान्ता आउला जस्तो भइरहनु नोरोभाइरसको सबैभन्दा सामान्य लक्षणहरु हुन्। यसकारण फुड पोइजनिङ पनि हुनसक्छ।
३.भोजन र पानीको माध्यमबाट सजिलै फैलन्छ र स्वास्थलाई धेरै प्रभावित गर्दछ र बृद्ध–बृद्धा, बालबालिकाहरुको रोग प्रतिरोधक क्षमता कम हुन्छ। यसका कारण व्यक्तिहरुमा भाइरस छिट्टो प्रभावित हुन्छ।
४.मांसपेशीहरु दुख्न थाल्छ र शरीर पनि काप्न थाल्छ।
नोरोभाइरसबाट कसरी बच्ने ?
हाम्रो शरीरमा पानीको मात्रा कम भयो भने धेरै सक्रिय रहन्छ। त्यसैले शरीरमा पानीको मात्रा कम हुन सफा पानी र जुस पर्याप्त मात्रामा सेवन गर्नुपर्दर्छ।
सरसफाईमा पूर्णे ध्यान दिनुपर्छ र संक्रमण प्रभाव भएपछि सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन्। फलफूल र तरकारी राम्रोसँग धोएर प्रयोग गर्नुपर्छ र साथै हातलाई पनि बारम्बार राम्रोसँग धुनुपर्छ। यो संक्रमण भएको व्यक्तिले खाना पकाउनु हुँदैन।
यो संक्रमित भएको कुरा १२ देखि ४८ घण्टा भित्र थाहा हुन्छ र बिमारी ठिक हुन एकदेखि तीन दिन लाग्न सक्छ। तर, तीन दिनसम्म पनि बिरामी ठिक भएन भने डाक्टरलाई जँचाउनुपदर्छ।