काठमाडौं – एक्लोपन मानिसहरुलाई तनावमा पु¥याउछ, अथवा डिप्रेसनको शिकार बनाउने काम गर्दछ। के तपाईं पनि यो समस्याबाट गुज्रिन बाध्य हुनुहुन्छ ?
कहिलेकाहीँ आफ्नो कुरा व्यक्त गर्ने अथवा आफ्नो समस्याहरु सुनाउने अथवा सुन्न व्यक्ति नभइदिँदा पनि यो समस्या पैदा हुने गर्दछ। जसका निकै कम साथीभाइ छन् ? तपाईं आफ्ना परिवारका सदस्य तथा साथीहरुसँग कत्तिको भेटघाट गर्नु हुन्छ ? यो कुराले पनि तपाईंको स्वास्थलाई प्रभावित बनाइरहेको हुन्छ। एक्लोपनाले तपाईंलाई केवल मानसिक रुपले मात्र नभएर शारीरिक रुपले समेत बिमारी बनाउन सक्छ।
यो समस्या सम्पूर्ण विश्वभरी नै तीब्र गतिमा बढिरहेको छ। बृद्ध–बृद्धामा एक्लोपनाको समस्या तीब्र गतिले बढिरहेको देख्न सकिन्छ। आखिर यो एक्लोपना के हो ? यसले कसरी हामीलाई हानि र्पुयाउँछ ? मनोविज्ञान सम्बन्धी अध्ययनको प्रतिवेदन अनुसार एक्लोपन दुई किसिमको हुन्छ। यसमा पहिलो तरिकाको एक्लोपना सोशल आइसोलेशन हो। जसमा मानिसहरु प्रायः त्यसकारण एक्लोपनाबाट गुज्रिरहेका हुन्छन्।
उनीहरुको जिन्दगीमा साथीभाइ अथवा परिवारका सदस्यको साथ हुँदैन। अर्थात् त्यस्ता व्यक्ति जो साथीभाइ तथा परिवारबाट बिल्कुलै अलग्गै बस्छन्। दोस्रो एक्लोपन सब्जेक्भिट एक्लोप हो। जसमा मानिस नजिकै त हुन्छन् तर, केही पनि बुझिरहेका हुँदैनन्।
एक्लोपनको प्रभाव
ब्रिघम योङ यूनिभर्सिटी तथा बोस्टल ब्रिघम र वुमन हस्पिटलका अनुसार तपाईं कुन प्रकारको एक्लोपनाको शिकार हुनुहुन्छ भन्ने कुराले केही पनि फरक पर्दैन। तपाईं जुनै प्रकारको एक्लोपनको शिकार भएता पनि तपाईंको स्वास्थमा त्यसले अवश्य पनि प्रभाव पारिरहेको हुन्छ। जो व्यक्ति साथी अथवा परिवारबाट टाढा बस्छन्। उनीहरुका लागि यति धेरै खतरा बढ्छ त्यसको तुलनामा एक दिनमा करिब १५ वटा सिगरेट पिएर हुने खतरा जत्तिकै हुन्छ। अर्को एउटा रिसर्चका अनुसार, कुनै पनि प्रकारको एक्लोपना भएका मानिसहरु हुन्। उनीहरुको मृत्युको खतरा नै करिब ३० प्रतिशतले बढ्छ। एउटा रिसर्चका अनुसार एक्लोपनाले शरीरमा खतरा समेत बढ्छ। यसका साथै यसले हाम्रो इम्यून सिस्टमलाई पनि हानि र्पुयाउँछ। जो कि किटाणुहरुसँग लड्ने काम गर्छ। यसबाहेक एक्लोपनामा मानिसहरु प्रायः तनावमा आएर रक्सी पिउन थाल्छन्। चुरोट पिउन थाल्छन्। जुन शरीरका लागि निकै हानिकारक हुनसक्छ।
एक्लोपन के हो ?
यसले तपाईंको सोचलाई यसरी प्रभावित गर्छ कि तपाईंको स्वास्थलाई समेत यसले आफ्नो चपेटामा पार्छ। आफ्नो इच्छाले एक्लै बस्नु अलग कुरा हो र समुहमै रहँदा समेत एक्लोपनाको महसुस गर्नु सम्पूर्ण रुपले एउटा अलग कुरा हो। वास्तवमा जीवनमा थुप्रै मानिसहरु हुँदा–हुँदै पनि कहिलेकाहीँ तपाईंले त्यो बेला एक्लोपन महसुस गर्न सक्नु हुन्छ।
तपाईंले मानिसहरुसँग सम्पर्क गर्नका लागि कुनै सहयोगी माध्यम नै फेला पार्नुहुन्न। त्यस्तो बेला के हुन सक्छ भने,आफू भित्र उकुसमुकुस भएको कुराहरुलाई बाहिर निकालेर मनलाई खाली गर्नका लागि तपाईंले कोही पनि भेट्नु हुन्न। त्यसपछि बिस्तारै तपाईंको शारीरिक तथा मानसिक स्वास्थ नराम्ररी प्रभावित हुन थाल्छ। तपाईंले त्यसबाट छुटकारा पाउनका लागि विभिन्न उपायहरु अपनाउन सक्नुहुनेछ। तपाईंको एक्लोपनालाई हटाउनका लागि सहयोग र्पुयाउन सक्छ। त्यसो भयो भने तपाईंले आफैंलाई केही राम्रो भएको महसुस गर्नु हुनेछ
एक्लोपनको कारण
एक्लोपन हुनुको कारण अवश्य पनि हुन्छ र त्यो कारणका बारेमा तपाईंलाईभन्दा बढी जानकारी अरु कसैलाई पनि हुँदैन। यदि कसैसँग कुरा गरेर तपाईंले आफूलाई राम्रो लागेको अनुभव गर्नु हुन्छ भने त्यो व्यक्तिलाई तपाईंले आफ्नो समस्या बताए हुन्छ। तपाईंको मन थोरै भए पनि हल्का हुन्छ र त्यसो हुनु भनेको तपाईंलाई राम्रो हुँदै जानु हो।
बाहिर निस्कनुपर्छ
धेरै पटक तपाईं आफूसँग बाहिर जाने साथी छैन भन्ने सोचेरै घरबाट बाहिर निस्कन चाहनुहुन्न। यही विचारका कारणले तपाईंले आफैंलाई घर भित्रै सीमित पार्न थाल्नुहुन्छ। त्यसका लागि के कुरा अनिवार्य छ भने तपाईं घरबाट बाहिर निस्कनै पर्छ र घुमफिर गर्नैपर्छ।
नयाँ ठाउँमा जानुपर्छ
एक्लै बस्दा–बस्दा तपाईंको विचारहरुमा समेत नकारात्मकताको मात्रा बढी हुन थाल्छ। तपाईंले आफ्नो जीवनमा केही नयाँ र राम्रो कुराको अनुभव गर्नै पाउनु हुन्न। त्यसैले नयाँ–नयाँ ठाउँमा घुमेर, यात्रा गरेर मनलाई बहलाउने प्रयास गर्नुपर्दछ। यो मौसम तथा माहौलले तपाईंलाई व्यस्त बनाउन सहयोग पुरा¥दछ। र आफू कतिसम्म एक्लो रहेछु भन्ने कुरा सोच्न समेत फुर्सद हुँदैन।