एजेन्सी– हरेक दिन हामी घण्टौँ इन्टरनेटमा व्यतित गर्ने गर्छौँ तर कतिपय मानिसहरु सजिलै त्यसलाई छाड्न सक्दैनन् र अधिकतम समय यसैमा बिताइरहन चाहान्छन् जसलाई नै ‘इन्टरनेट एडिक्सन’ भनिन्छ। इन्टरनेटको लत भन्नाले व्यक्तिको पारिवारिक, सामाजिक लगायत विभिन्न पक्षमा नकारात्मक असर पर्नेगरी यसको अत्याधिक प्रयोग गर्नु हो।
गत वर्ष मात्र विश्व स्वास्थ्य संगठनले ‘इन्टरनेट गेमिङ डिसअर्डर’ लाई मानसिक समस्याका रुपमा पहिचान गरेको हो। विश्व स्वास्थ्य संगठनले असिमित रुपमा गेम खेलिरहनु, आत्म नियन्त्रण गुम्नु, तनाव र नकारात्मक व्यवहारपछि पनि आफ्नो बानीमा परिवर्तन नल्याउने गर्नु यसको मुख्य लक्षण रहेको भनि उल्लेख गरेको छ।
यस्तोमा इन्टरनेटको अत्याधिक लत भएका मानिसहरुका लागि छोटो अवधिको एक प्रकारको व्यवहारिक थेरापी प्रभावकारी हुने बुधबार प्रकाशित मेडिकल जर्नल ‘जामा साइकिआट्री’ मा सार्वजानिक गरिएको छ। अनुसन्धानकर्ताहरुका अनुसार ‘गेमिङ डिसअर्डर’ अर्थात गेम खेल्ने लतबाट छुटकारा पाउन सो उपचार उपयोगी साबित भएको छ। यसमा अनुसन्धानकर्ताहरुले इन्टरनेटको लतलाई अझ विस्तृत रुपमा व्याख्या गरेका छन् जसमा व्यक्तिलाई सामाजिक संजाल, गेमिङ, पोर्नोग्राफी, अनलाइन सर्फिङ वा सामान्य इन्टरनेटको व्यापक प्रयोगलाई इन्टरनेट लतका रुपमा व्याख्या गरिएको छ। अहिले विश्वका ६ प्रतिशतमा इन्टरनेट एडिक्सनको समस्या रहेको छ।
यसरी उनीहरुले जर्मनी र अष्ट्रियाका १७ देखि ५५ वर्षका १४३ पुरुषहरुमाथि अध्ययन गरेका हुन् जसमा इन्टरनेट लतको समस्या थियो। यसका लागि इन्टरनेट एडिक्सनलाई इन्टरनेट क्रियाकलापको गति, अन्य जैविक गविधिप्रति कम रुची हुनु, बारम्बार चलाइरहने गरि १४ प्रकारमा विभाजित गरिएको थियो। सो उपचार १५ हप्ता लामो सामुहिक र व्यक्तिगत मानसिक थेरापी हुने गर्दछ जसमा अधिकांश बिरामी पुरुषहरु थिए किनकी विश्वभर ९० प्रतिशत इन्टरनेट लतको बिरामी पुरुष हुने गरेको बताइएको छ। यसरी इन्टरनेटको लतबाट मुक्त भएपछि बिरामीमा तनाव पनि कम देखिएको हो। यसका लागि व्यक्तिले आफ्नो जीवनको इतिहास र व्यवहारिक विकासबारे बुझ्नुपर्ने हुन्छ जसले उनीहरुलाई इन्टरनेट बाहेक जीवनका अन्य महत्वपूर्ण विषयप्रति केन्द्रित रहने मौका दिन्छ र गलतीको आभास गराउँछ। सिएनएन