एजेन्सी–जापानका ऐनु समुदायमा ‘हेलो’ लाई ‘इरानकराप्ते’ भनिन्छ भने अमेरिकाको अलस्काको इयाक समुदायका मानिसले ‘इसु’ भनि अभिवादन गर्ने गर्छन् । त्यस्तै बेलायतका कोर्निस समुदाय चाहिँ ‘दि दा’ भन्ने गरिएको छ । तर अहिले यी भाषको प्रयोग अत्यन्तै थोरै मानिसले मात्र गरिरहेका छन् र यी लगायत थुप्रै भाषाहरु विश्वबाट लोप हुने जोखिममा छन्।
अहिले विश्वभर ७ हजार भन्दा बढी भाषा बोलिन्छन्। तर ती मध्ये एक तिहाइ भाषाका प्रयोगकर्ता १ हजार भन्दा कम छन्। युनेस्कोका अनुसार त्यस्ता ४० प्रतिशत भाषा अबका केही वर्षमा हराउने खतरामा छन्। तथ्याङ्क अनुसार प्रत्येक १५ दिनमा विश्वबाट एउटा भाषा लोप हुने गरेको छ। जस्तै ल्याटिनलाई ‘डेड ल्याङ्ग्वेज’ पनि भन्ने गरिन्छ तर वास्तवमा ल्याटिन कतै हराएको छैन र रोमन एम्पेरर अगस्टस सिजलको पालादेखि निरन्तर बोलिँदै आइएको छ। पछिल्लो २ हजार वर्षमा यसमा थुप्रै परिवर्तन आइसकेका छन् र यसैबाट फ्रेन्च, पोर्चुगिज, स्पेनी, इटालियन भाषा बनेका हुन्। त्यसैले हामीले अप्रत्यक्ष रुपमा यसको प्रयोग गरिरहेको हुँदा यसलाई लोप भएको भन्न नसकिने विश्लेषकहरु बताउँछन्।
खासमा भाषा त्यतिबेला मात्र पूर्ण रुपमा लोप हुन्छ जब कुनै एउटा समुदायले आफ्नो भाषा छाडेर अर्को भाषा बोल्न र अपनाउन सुरु गर्छ अनि अभिभावकले बच्चाहरुलाई त्यही नयाँ भाषामा हुर्काउन थाल्छन्। यस्तोमा समुदायका सबैभन्दा वृद्धको मृत्यु भएपछि नै सो भाषा त्यसपछि शुद्ध र राम्ररी बोलिने सम्भावना बिलाउँदै जान्छ। यसरी अहिल इन्डोनेशियाको कायुपुलाउ, ब्राजिलको कुराया लगायत अन्य विभिन्न देशका सामुदायिक भाषा लोप हुने क्रममा छन्।
लामो समय अगाडि धेरै देशहरुमा सरकारले आफूलाई मन नपर्ने भाषामाथि प्रतिबन्ध लगाउने गर्दथ्यो र कतिपय अवस्थामा भाषा दबाबमा आएर पनि हराउने गर्दथ्यो। जस्तै सोभियत युनियनमा हुर्किएका कुनै पनि युवामा त्यसबेला घरमा जुन भाषा प्रयोग भइरहेपनि रुसी भाषामा सक्षम हुनुले नै सफलता दिलाउने मान्यता व्याप्त थियो। त्यस्तै तिब्बती सहित सांघाइनिज र क्यान्टोनिज लगायत चीनमा भिन्दै भाषा बोल्नेहरु आज पनि म्याड्रिनमा नै केन्द्रित रहनुपर्ने दबाबमा छन्।
यसरी एकपटक हराएको भाषा पुनः प्रयोगमा आउन सक्दैन। हालसम्म एउटा भाषा मात्र लोप भएर फेरि फर्किएको छ। त्यो हो हिब्रु, जुन २ हजार वर्षसम्म लोप भएको थियो। तर २० औँ शताब्दीको सुरुवातमा प्यालेस्टाइनमा बसाईँ सरेका ज्युइसले युरोपमा अङ्ग्रेजी नभइ अरु नै विभिन्न भाषा बोल्न थाले र त्यसैबेला उनीहरुले हिब्रुलाई सार्वजानिक भाषाका रुपमा अपनाएका हुन्। यसरी देश राम्ररी स्थापित भइसकेपछि सो भाषा उनीहरुको औपचारिक भाषा बन्न पुग्यो भने हाल ७० लाख मानिसले यसको प्रयोग गरिरहेका छन्। त्यसैले हिब्रु विश्वबाट लोप भएर पूर्ण रुपमा स्थापित हुन सफल एक मात्र भाषा हो।
तर पछिल्लो समय यस्ता धेरै लोपोन्मुख भाषालाई बचाउन र पुनः प्रयोगमा ल्याउन प्रयास भइरहेको छ। दक्षिण पश्चिम बेलायतमा बोलिने कोर्निश दुई शताब्दी अगाडि नै हराएको थियो। तर आज सयौँ मानिसले फेरि यो भाषा प्रयोगमा ल्याइरहेका छन् र बोल्न सुरु गरेका छन्। मानव विविधता आफैँमा राम्रो क्ुरा हो र भाषा यसको महत्वपूर्ण पाटो मानिन्छ। जस्तै हामी कुनै नयाँ देश घुम्न गयौँ तर त्यहाँको खाना, परम्परा, भाषा, संस्कृति हाम्रै देश जस्तो भयो भने सो भ्रमण पक्कै पनि उत्साहजनक र रोमाञ्चक हुनेछैन। द इकोनोमिस्ट