काठमाडौं– मानिसको मुटु प्रतिमिनेट ६० देखि १०० पटक सम्म धड्किने गर्छ। यदि एक मिनेटको अवधीमा ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी मुटु धड्किन्छ भने यो मुटुको चालमा गडबडी भएको हुनसक्छ। मुटुको चालमा गडबडी जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ।
उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ। कसैलाई जन्मजात हुनसक्छ भने जन्मेपछि पनि हुनसक्छ। हृदयाघात वा अनियन्त्रित रक्तचापका कारण पनि मुटुको चालमा गडबडी हुनसक्छ।
मुटुको चाल नियन्त्रणमा राख्न यस्तो गर्नुस्ः
जन्मजात मुटुरोगको समस्याको समाधानभनेको चिकित्सकिय उपचार नै हो। तर खानपान र अस्वास्थकर जीवनशलीका कारण हुने मुटुको चाल गडबढीलाई भने हामीले नियन्त्रण गर्न सकिन्छ। मुटुको चाललाई नियन्त्रणमा राख्न स्वास्थ्य जीवनशैली अपनाउनु पर्छ। कहिलेकाँही डरका कारण वा तनावका कारण पनि मुटुको चाल गडबढ हुन जान्छ।
नियन्त्रणमा राख्न के गर्नेः
– उच्च रक्तचाप, सुगरको समस्या भएका व्यक्तिहरुले नियमित औषधी सेवन र स्वास्थ्य परिक्षण गरी रोग नियन्त्रणमा राख्ने, नियमित रुपमा शारीरिक व्यायम गर्ने, बढी चिल्लो, पिरो, नुन र मसला भएको खाना नखाने, धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन नगर्ने।
– मदिरा सेवन कम गर्ने, माटोपना नियन्त्रण गर्ने, गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन गर्ने महिलाले जन्माएको शिशुमा जन्मजात मुटुको चाल गडबढीको समस्या हुने हुँदा गर्भवती महिलाले खानपिनमा विषेश ध्यान दिनु पर्दछ।
मुटुको चाल बढाउन सामान्यता औषधि छैन। भएका औषधि पनि त्यति प्रभावकारी छैनन्। त्यसैले मुटुको चाल ढिलो भएको छ भने पेसमेकर राख्ने गरिन्छ। यस्तो भए मानिस बेहोस हुने, रिंगटा लाग्ने र अन्त्यमा मृत्यु पनि हुन्छ।
नियन्त्रणका लागि केही औषधिहरुः
मुटुको चाल छिटो भएका बिरामीमा पीएसभीटी, एसभीटी, भीटी समस्या हुन्छ। मुटुको उपचार हुने कम रोगमध्ये पीएसभीटी पनि एक हो। जसलाई रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट विशेष प्रकारको उपचार गरिन्छ। अलि सामान्य अवस्थामा टुडी म्यापिङ प्रयोग गरी निदान गरिन्छ भने बिरामीको अवस्था जटील खालको छ भने अत्याधुनिक प्रविधि थ्रीडी म्यापिङमार्फत् रोग निदान हुन्छ। यी दुवै खालका रोगको निदान भएपछि रेडियो फ्रिक्वेन्सी एब्लेसन अत्याधुनिक प्रविधिमार्फत् उपचार गरिन्छ।