काठमाडौं — विश्वमा कोरोना महामारीले आतंक मचाएको छ । कोरोना महामारीको प्रभावले धैरे जसो देशको सामाजिक र आर्थिक व्यवस्थामाथि असर परेको छ ।
साथै, महामारीले युवाहरुलाई पनि असर गरेको छ । कोरोना प्रतिबन्धका कारण विश्वका अधिकांश देशहरुमा शैक्षिक संस्थाहरु बन्द रहेका छन् । यसले बालबालिकाको शिक्षा प्रणालीमा असर पारेको छ ।
कोरोना महामारीका कारण विश्वमा लगभग १५.६० करोड बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । यी मध्ये २.५ करोड बालबालिका कहिल्यै विद्यालय फर्कन सक्दैनन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले उक्त आशंका व्यक्त गरेका छन् । गुटेरेसले सामाजिक सञ्जालमा भनेका थिए, ‘विश्व कोरोनाको अवधिमा शिक्षाको संकटबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमण फैलन नदिन विद्यालयहरु बन्द गरिएका छन् ।’
उनले यस्तो स्थिथिमा डिजीटल शिक्षाको प्रचारमा लाग्नुपर्ने बताएका छन् ।
युनिसेफद्धारा प्रकाशित एक रिर्पोटका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण ६० करोड बालबालिका विद्यालय जान पाएका छैनन् । एसिया र प्रशांत क्षेत्रका ५० प्रतिशत देशहरुमा विद्यालयहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
दक्षिण अमेरिकाका करिब १८ देशहरुमा पूर्ण वा आंशिक रुपमा विद्यालयहरु बन्द छन् । पूर्वी र दक्षिण अफ्रिकी देशहरुमा ५देखि १८ बर्ष उमेर पुगेका ४० प्रतिशत बालबालिकाहरु विद्यालय जान पाएका छैनन् ।