सिन्धुपाल्चोक – समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा रहेको यो पोखरी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने एक सुन्दर गन्तव्य हो। सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी।
राजधानी काठमाडाैकाे सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित यो पोखरी समुद्री सतहबाट ४०६० मिटरको उचाइमा रहेको छ।
एकै स्थानमा पाँच ओटा पोखरीले सजिएको यो पोखरी इन्द्रावती नदीको उदगम स्थल हो। प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक वर्षको जनै पूर्णिमामा मेला समेत लाग्ने गर्दछ।