काठमाडौं– नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर विज्ञापन गरे मुद्रा अपचलनको मुद्दा लाग्ने बताएको छ।फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको अनुसार गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश गएको भन्दै यस्तो निर्णय गरिएको हो।
मिश्रले भने, ‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो, यसरी भुक्तानी गरे विदेशी विनिमय (नियत गर्ने) ऐन अनुसार कारबाही हुन्छ।’